बाँकेमा पाेखरीमा डुबेर दुई जनाको ज्यान गयो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पाेखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।
फत्तेपुरमा रहेको नागराफल झरना अवलोकन गरेर फर्कने समयमा नजिकैको पाेखरीमा पौडी खेल्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका ९ काे बाँकेगाउँका १६ वर्षीय शिव शङ्कर शुक्ला र १४ वर्षीय विनाेद वर्माकाे पाेखरीमा डुबेर ज्यान गएको हो ।
दुवै जनालाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.