सरुमारानीका थप ८ जनामा कोरोना पुष्टि

गीता गौतम, प्युठान। जिल्लाको सरुमारानी गाउँपालिकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा यहाका एक जना महिला र ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । संक्रमित १९ देखि ४० बर्ष उमेर समुहका छ्न ।योसंगै हाल सम्म जिल्ला भर कुल संक्रमितको संख्या ५५५ पुगेको छ । त्यसमध्ये ४९९ जनाले कोरोना जितेर घर फर्कीएको स्वास्थ्य कार्यालय प्युठानको कोरोना तथ्यांकले देखाउछ । जिल्लामा अहिले जम्मा ५४ जना मात्र सकृय संक्रमीत छन । यस अघि कोरोनाका कारण प्युठानमा दुई जनाको मृत्यु भई सकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.