बाँकेमा कोरोना संक्रमित २ पुरुषको मृत्यु

बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित २ पुरुषको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

मृतक दुवैजनाको भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो ।

Sharing Now!

You might also like

Comments are closed.