नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।

बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

Sharing Now!

You might also like

Comments are closed.