रुपन्देही। जिल्लाको तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण डायलासिसका बिरामीहरुको नगरपालिकाले नि:शुल्क पिसिआर परिक्षण गर्ने भएको छ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार डायलसिस गर्नुपर्ने बिरामीको सहजताका लागि पीसीआर निःशुल्क गरिएको हो ।अहिलेसम्म २५ बिरामीलाई सम्बन्धित अस्पतालसँग समन्वय गरी पीसीआर परीक्षणको सुविधा उपलब्ध गराइएको उनले बताए । नगरभित्रका अन्य बिरामीलाई समेत अप्ठ्यारो परेको खण्डमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी सुविधा लिन आग्रह गरिएको छ ।‘यो सुविधाले बिरामीलाई खुसीसँगै परिवारलाई समेत केही सहज हुने विश्वास छ,’ नगरप्रमुख वासुदेव घिमिरेले भने ।
तिलोत्तमाका स्थानिय बासिन्दा वा वडाले सिफारिस गरेका भाडामा बस्नु भएका मिर्गाैला सम्बन्धी रोग भई डायलासिस गराउने सबै बिरामीहरुको नि:शुल्क पिसिआर परिक्षण गर्ने काम शुरु भएको छ । सम्बन्धित सबैलेआफु बसोबास गर्ने वडाको वडा समिति मार्फत सिफारिस गराई नगरपालिकामा सम्पर्क गर्नुहोला । या पैसा नलाग्ने फोन नम्बर १६६०७१५६६६६ मा सम्पर्क राख्न अनुरोध पनि गरेको छ ।