• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

रुपन्देहीमा दैनिक ७ घण्टा व्यापार-व्यवसाय सञ्चालन हुने


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • भैरहवा । रुपन्देही जिल्लामा आइतबार (भोलि) देखि दैनिक सात घण्टा व्यापार व्यवसाय सञ्चालन हुने भएको छ । जिल्लामा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र व्यापार व्यवसाय सञ्चालन हुनेछ ।

    Advertisement

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले शनिबार आदेश जारी गर्दै भदौ २१ गतेदेखि २८ गते राती १२ बजेसम्म बन्दाबन्दी (लकडाउन) हुने बताउनुभयो ।उद्योग व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धि क्रियाकलापहरु अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपोसार गर्न नपाइने प्रशासनले जनाएको छ ।प्रशासनले दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ । त्यसबाहेक अन्य औषधीजन्य वस्तु र सेवा निरन्तर सञ्चालनमा हुनेछन् ।त्यस्तै लकडाउन अवधिसम्म सबै सरकारी कार्यालयहरु भिडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

    त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई नियमित सेवा दिन सक्नेछन् । बन्दाबन्दी अवधिमा सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ । त्यस्तै क्वारेन्टाइन तथा आइसोलेशनका लागि बाहेक अन्य होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

    त्यसै गरी जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने तर मुख्य राजमार्गहरु सञ्चालन रहने प्रशासन कार्यालयले जनाएको छ ।प्रशासनले भिडभाड/सभा गर्न निषेध गरेको छ । त्यस्तै घरबाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दुरी कायम गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।

    बन्दाबन्दी अवधिमा उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने तथा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation