• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. फिफाद्वारा एन्फा निलम्बित

  • १०. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

गढवामा खरकाे छानाे हटाउने अभियान सुरु


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • सन्ताेषकुमार गुप्ता/शिबराज पन्थी, देउखुरी  । दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम अधिकारीले २० पाता टिन दिए। त्यस्तै गढवा १ कालाकाटेकी बालिका घर्तीमगर र सोही ठाउँकी केशरी गिरीलाई पनि सरकारले टिन दिन्छ रे भन्ने सुचना वडा कार्यालयबाट प्राप्त भएपछि खुसी हुँदै वडा कार्यालयमा पुगे । उनीहरु जस्तै रङसिङका अति बिपन्न नागरिकहरु ज्ञानबहादुर कुमाल र लालबहादुर कुमाल पनि टिन ल्याउन भनि वडा कार्यालयमा आए ।
    खरको झुप्रोमा बस्दा बस्दै ५१ बर्ष पुगिएछ, अब टिनको घरमा बस्न पाइने भयो । खुसी हुदै ज्ञानबहादुर कुमालले २० वटा जस्तापाता बोकेर घर फर्किए । खरको छानामा आगोमुगोको डर थियो । बर्षतामा बिस्तरामा पानी चुहिएर खटिया सार्दै सुत्नुपर्ने बाध्यता थियो । अब टल्किने टिनमुनी सुत्न पाइने भईयाे–गढवा-१ रङसिङका लालबहादुर कुमालले भने । उनीहरु जस्तै बिपन्न, अशक्त र खरका छाना भएका गढवा १ का ५१ जना नागरिकहरुले जस्तापाता पाउँदा शुक्रवार मुहारमा हाँसो संगै काँधमा टिन बोकेर घर फर्किए । सरकारको जस्तापाता वितरण गरी खरका छाना हटाउने यो कार्यक्रमबाट नागरिक निकै खुसी भएका छन् ।
    गढवा गाउँपालिका वडा नं. १ ले गत अर्थिकबर्ष २०७६/०७७ को १० लाख बजेटबाट ५१ जना नागरिकहरुलाई शुक्रवार वडा कार्यालयमा बोलाई सामाजिक दुरी कायम गरी एक-एक जनालाई बीस–बीस पाताका दरले जस्तापाता वितरण गरेको हो । वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जस्तापाता हस्तान्तरण गरेका हुन् ।
    खरकाे छानाे हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निति कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताए । गत बर्ष वडा नं. ८ कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यस बर्ष वडा नं. १ मा ५१ जनालाई जस्तापाता वितरण गरिएको अध्यक्ष यादवले बताए । यसबर्ष सुरक्षित आवास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका ३ सय ८९ घरधुरीमा जस्तापाता लगाउने तयारी भैरहेको उनले बताए । वडा नम्बर १ का अधिकांश नागरिकलाई खरका छानामुक्त बनाउने योजना छ, सोही अनुसार जस्तापाता वितरण गर्ने कामको सुरुवात गरेका छौं–वडाध्यक्ष बाबुराम अधिकारीले बताए । जस्तापाता वितरणमा जिल्ला समन्वय समितिका सदस्य देवीलाल थारुकुमाल, कार्यपालिका सदस्य सुबबहादुर कुमाल, वडा सदस्यहरु डम्मर बहादुर योगी, हेमन्तीकुमारी कुमाल, रेखा परियार र सामाजिक सुरक्षा फाँटका कर्मचारी ऋषि यादव लगायतको उपस्थिती रहेको थियो ।
    गढवा गाउँपालिकाको वडा नं. ८ कोइलाबासमा गत बर्ष २० पाताका दरले ६५ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियाे भने यसबर्ष पनि यो अभियानलाई निरन्तरता दिदै ३५ घरधुरीलाई जस्तापाता वितरण गरी आफ्नो वडालाई खरकाे छाना मुक्त वडा बनाउने योजना रहेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताएका छन् ।
    संघीय सरकारको सुरक्षित आवास, प्रदेश सरकारको जनता आवास र गाउँपालिकाको आफ्नो अभियान सबैलाई जोड्दै गढवा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका बनाइने छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

    Advertisement

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण
    वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति
    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

    • २.
      मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

    • ३.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

    • ६.
      बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    • ७.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • ८.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation