• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

गढवामा खरकाे छानाे हटाउने अभियान सुरु


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • सन्ताेषकुमार गुप्ता/शिबराज पन्थी, देउखुरी  । दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर १ रङसिङका ५० बर्षीय चन्द्रे कुमाल शुक्रवार अभिभावकको साहारामा टिन पाइन्छ भन्ने सुचनाका आधारमा वडा कार्यालयमा आईपुगे । अशक्त तथा अपांगता भएका उनलाई गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडाध्यक्ष बाबुराम अधिकारीले २० पाता टिन दिए। त्यस्तै गढवा १ कालाकाटेकी बालिका घर्तीमगर र सोही ठाउँकी केशरी गिरीलाई पनि सरकारले टिन दिन्छ रे भन्ने सुचना वडा कार्यालयबाट प्राप्त भएपछि खुसी हुँदै वडा कार्यालयमा पुगे । उनीहरु जस्तै रङसिङका अति बिपन्न नागरिकहरु ज्ञानबहादुर कुमाल र लालबहादुर कुमाल पनि टिन ल्याउन भनि वडा कार्यालयमा आए ।
    खरको झुप्रोमा बस्दा बस्दै ५१ बर्ष पुगिएछ, अब टिनको घरमा बस्न पाइने भयो । खुसी हुदै ज्ञानबहादुर कुमालले २० वटा जस्तापाता बोकेर घर फर्किए । खरको छानामा आगोमुगोको डर थियो । बर्षतामा बिस्तरामा पानी चुहिएर खटिया सार्दै सुत्नुपर्ने बाध्यता थियो । अब टल्किने टिनमुनी सुत्न पाइने भईयाे–गढवा-१ रङसिङका लालबहादुर कुमालले भने । उनीहरु जस्तै बिपन्न, अशक्त र खरका छाना भएका गढवा १ का ५१ जना नागरिकहरुले जस्तापाता पाउँदा शुक्रवार मुहारमा हाँसो संगै काँधमा टिन बोकेर घर फर्किए । सरकारको जस्तापाता वितरण गरी खरका छाना हटाउने यो कार्यक्रमबाट नागरिक निकै खुसी भएका छन् ।
    गढवा गाउँपालिका वडा नं. १ ले गत अर्थिकबर्ष २०७६/०७७ को १० लाख बजेटबाट ५१ जना नागरिकहरुलाई शुक्रवार वडा कार्यालयमा बोलाई सामाजिक दुरी कायम गरी एक-एक जनालाई बीस–बीस पाताका दरले जस्तापाता वितरण गरेको हो । वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जस्तापाता हस्तान्तरण गरेका हुन् ।
    खरकाे छानाे हटाउने र गरिबका घरमा टिन लगाउने नेपाल सरकारको निति कार्यक्रम बमोजिम गाउँपालिका र वडाहरुले पनि यो अभियान सुरु गरेको अध्यक्ष सहजराम यादवले बताए । गत बर्ष वडा नं. ८ कोइलाबासमा ६५ घरधुरीमा टिन लागेको छ भने यस बर्ष वडा नं. १ मा ५१ जनालाई जस्तापाता वितरण गरिएको अध्यक्ष यादवले बताए । यसबर्ष सुरक्षित आवास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका ३ सय ८९ घरधुरीमा जस्तापाता लगाउने तयारी भैरहेको उनले बताए । वडा नम्बर १ का अधिकांश नागरिकलाई खरका छानामुक्त बनाउने योजना छ, सोही अनुसार जस्तापाता वितरण गर्ने कामको सुरुवात गरेका छौं–वडाध्यक्ष बाबुराम अधिकारीले बताए । जस्तापाता वितरणमा जिल्ला समन्वय समितिका सदस्य देवीलाल थारुकुमाल, कार्यपालिका सदस्य सुबबहादुर कुमाल, वडा सदस्यहरु डम्मर बहादुर योगी, हेमन्तीकुमारी कुमाल, रेखा परियार र सामाजिक सुरक्षा फाँटका कर्मचारी ऋषि यादव लगायतको उपस्थिती रहेको थियो ।
    गढवा गाउँपालिकाको वडा नं. ८ कोइलाबासमा गत बर्ष २० पाताका दरले ६५ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियाे भने यसबर्ष पनि यो अभियानलाई निरन्तरता दिदै ३५ घरधुरीलाई जस्तापाता वितरण गरी आफ्नो वडालाई खरकाे छाना मुक्त वडा बनाउने योजना रहेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले बताएका छन् ।
    संघीय सरकारको सुरक्षित आवास, प्रदेश सरकारको जनता आवास र गाउँपालिकाको आफ्नो अभियान सबैलाई जोड्दै गढवा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका बनाइने छ–गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

    Advertisement

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation