जीवन न्यौपाने, नवलपरासी । चौधरी फाउन्डेसनले नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई नगद २ लाख र योग अभ्यासमा आबस्यक पर्ने एक सय थान म्याट्रेस सहयोग गरेको छ।
चिकित्सालयमा बुधवार आयोजित एक कार्यक्रममा चौधरी उद्योग ग्राम दुम्कौलीका महाप्रबन्धक रामकाजी सिटौलाले चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै महाप्रबन्धक सिटौलाले सिजीको सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनले सहयोग उपलब्ध गराएको बताए । उनले बिश्वनै कोरोना भाईरसका कारण आक्रान्त भैइरहेको अबस्थामा प्राकृतिक तवरले संक्रमितहरुको उपचारमा सहयोग गरिरहेको चिकित्सालयलाई सहयोग हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताए । समाजसेवी सुरज गुरुङको पहलमा सहयोग गरिएको हो। फाउन्डेसनले संक्रमितहरुलाई योग अध्यास गर्न सहज होस भन्ने उदेश्यले म्याट्रेस उपलब्ध गराएको हो।
चौधरी फाउण्डशेनले यसअघि पनि चिकित्सालय हातामा रहेको बगैचा, मर्निंगवाक गर्ने बाटो निमार्ण ,पानीका लागि डिप बोरिंग निमार्णमा सहयोग र चिकित्सालयमा दुध खाने गाई दिएर सहयोग गरिसकेको छ। चिकित्सालयमा पालिएका गाई गोठ ब्यबस्थापनका लागि फेरी नगद २ लाख सहयोग गरेको हो। सहयोग हस्तान्तरण समारोहमा चिकित्सालयका सचिब प्रदिपराज घिमिरे, निर्देशक डा.बिनोद पौडेल, ब्यबस्थापक हरि सापकोटा र चौधरी उद्योग ग्रामका सिएसाआर प्रमुख रामचन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो।