• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

विद्युत आपूर्ति नियमित नभएको भन्दै ध्यानाकर्षण


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।नेपाल विद्युत प्राधिकरणले गलकोट नगरपालिका वडा नं ५ हरिचौरको सव स्टेशन सञ्चालन गरेको एक साता नबित्दै गलकोट क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ ।

    Advertisement

    बिहान, दिउँसो र राती विद्युत आउने जाने र लामो समय विद्युत अवरुद्ध हुन थालेपछि सरोकारवालाले नेपाल विद्युत प्राधिकरण गलकोट नो लाइट कार्यालयमा ध्यानाकर्षण गराएका छन् । गलकोट नगरमा क्रियाशील राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गलकोट उद्योग वाणिज्य संघ, उद्योगी, व्यवसायी र पत्रकारहरुको टोलीले नो लाइट कार्यालय हटियामा पुगेर ध्यानाकर्षण गराइएको गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । दैनिक लामो समय सम्म विद्युत आपूर्ति नहुँदा गलकोट क्षेत्रमा सञ्चालनमा रहेका उद्योग धन्दा, सञ्चार क्षेत्र सँगै आम उपभोक्ताहरुलाई समस्या भएको भन्दै सम्बन्धित निकायमा ध्यानार्कषण गराइएको नेपाल कम्युनिस्ट पार्टी नेकपा गलकोट नगर प्रतिनिधि हर्क पाण्डेले बताउनु भयो । अहिले न विद्युत आउने ठेगान छ न जाने ठेगान छ जसले गर्दा हरेक क्षेत्र प्रभावित भइरहेका छन नेपाली काँग्रेसका जिल्ला सदस्य फम खत्रीले भन्नुभयो । आज नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यालयमा ध्यानाकर्षण गराएको उँहाले बताउनु भयो । “समस्याको सम्बन्धित निकाय मार्फत समाधान नगरिए हामी चरणवद्ध खबरदारी सँगै आवश्यक सहयोग गर्न तयार छौं ” खत्रीको भनाई छ । विद्युत आपूर्तिमा दिनहुँ समस्या उत्पन्न हुन थालेपछि आफुहरुले यस विषयमा ध्यानाकर्षण गराइएको र नियमित आपूर्तिमा सक्दो सहयोग गर्ने राष्ट्रिय जनमोर्चाका गलकोट नगर अध्यक्ष टंक केसीले बताउनु भयो । नो लाइट लाई केही समस्या छ या श्रोत साधन र दक्ष जनशक्ति अभाव छ यस विषयमा अन्तरकृया समेत गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । विद्युत सहज रुपमा आपुर्ति नहुदाँ स्थानियले खाना पकाउन, मोवाइल चार्ज गर्न, इमेल इन्टरनेट चलाउन, विभिन्न उधोग व्यवसाय सञ्चालन गर्न र विद्यार्थीहरुले सहज रुपमा प्रविधिको प्रयोग गरी डिजिटल माध्यम मार्फत अध्ययन गर्न समेत सकिरहेका छैनन । पछिल्लो समय विद्युत बिना मानिसको दैनिक जीवनका आवश्यकताहरू पुरा गर्नका लागि विद्युत्तिय सामाग्री र विद्युत्त अति आवश्यक बनिसकेको छ तर पटक पटक लाइन आउने जाने गर्नाले स्थानियले सास्ती खेप्दै आइरहेका छन् । विद्युतकै समस्याको बारेमा सम्बन्धित निकायलाई सम्पर्क गर्दा कहिले माथिबाटै ट्रिप भएको छ त कहिले प्राविधिक समस्या भएको भन्ने जवाफ पाउने गरेको हटिया बजार व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारीले बताउनुभयो । सो अवसरमा नेपाल विद्युत प्राधिकरण नो लाइट कार्यलय गलकोटका प्रमुख अरुण शाहले अहिले सकेसम्म गलकोटमा विद्युत आपूर्ति नियमित र सहज बनाउन आफुहरु निरन्तर लागि परिरहेको जानकारी दिनुभयो । केहि प्राविधिक समस्याको कारण र कार्यालयमा प्राविधिक न्युन रहेकोले समस्या उत्पन्न भएको शाहको भनाई छ । भौगोलीक कठिनाई र उचित श्रोत साधन नहुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको नो लाइट कार्यालय प्रमुख शाहले उल्लेख गर्नुभयो । गलकोट नो लाइट कार्यालयमा यस भन्दा अगाडि ९ जना कर्मचारी रहेकोमा अहिले २ जना सरुवा भएर बुर्तिबाङ गएको र थप कर्मचारी यहाँ उपलब्ध गराइएको छैन । १ हप्ता पहिले नेपाल विद्युत प्राधिकरणले एउटा गाडी उपलब्ध गराएको र अब यस क्षेत्रमा विद्युतमा भएका समस्याको छिटै समाधानको लागि प्रयास गरिने कार्यालय प्रमुख शाहले जानकारी गराउनुभएको छ ।

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...