• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गलकोट सव स्टेशन पुन सुचारु: दुर्गममा विद्युत विस्तार कार्यले पायो तीव्रता


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

    Advertisement

    अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नंवर ५ हरिचौरमा सव स्टेशन निर्माण कार्य सम्पन्न गरे सँगै सव स्टेशन मार्फत गत वर्षको साउनमा परिक्षण सुरु गरेको थियो । झण्डै ३ महिना सव स्टेशन मार्फत गलकोट र आसपासमा विद्युत सेवा सञ्चालनमा आएको थियो । पछि सव स्टेशनको ट्रान्सफर्मरमा समस्या उत्पन्न भएर पटक पटक लाइन ट्रिप हुन थालेपछि त्यसको मर्मत सम्भार भइरहेको थियो । ट्रान्सफर्मर मर्मत गर्न नेपाल विद्युत प्राधिकरणले बंगलादेश पठाएको छ यद्यपि लामो समय सम्म उक्त कम्पनी बाट न प्राविधिक न सामग्री पठाउने गरे पछि तत्काल ट्रान्सफर्मर मर्मत भएर आउने संकेत नदेखिए पछि विद्युत प्राधिकरणले पुन पुरानै ११ हजार केभिए को लाइन मार्फत विद्युत सेवा सञ्चालन गरेको थियो । ११ हजार केभिए लाइनमा बीच बीचमा समस्या आउने, प्राकृतिक विपति लगायतका कारण मर्मत गर्दा लाइन काट्नु पर्ने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको थियो ।अहिले हरिचौर सव स्टेशन पुन सुचारु भएको छ । नयाँ ट्रान्सफर्मर जडान गरेर सव स्टेशनमा मर्मत सम्भारको कार्य सकिए पछि सेवा प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । ३३ हजार केभिए प्रसारण क्षमताको लाइन सव स्टेशनमा जडान गरी त्यहाँबाट अलग अलग फिडर मार्फत विद्युत वितरण गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । अब यो क्षेत्रमा पटक पटक विद्युत आउने जाने समस्या धेरै हल हुने उहाको भनाई छ । केन्द्र प्रमुख गोशलिका अनुसार हाइटेन्सन लाइनमा आइपर्ने समस्या र फल्ट छिटो थाहा पाउन अब बागलुङको रामरेखा देखि हरिचौर सव स्टेशन सम्म बीच बीचमा सेक्सन स्विच राख्ने तयारी भइरहेको छ । जिल्ला भर यसै आर्थिक वर्ष भित्र केन्द्रिय विद्युत विस्तार गर्न अहिले हरिचौर देखि खर्बाङ सम्म ३३ हजार केभिए क्षमताको लाइन विस्तारको काम भइरहेको छ भनें ११ हजार केभिए क्षमताको लाइन बुर्तिबाङ सम्म पुराइसकिएको छ । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि बडिगाड गाउँपालिकाको खर्वाङ नजिकै ८ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्यको लागि जग्गा व्यवस्थापन र निर्माण कार्यको टेण्डर प्रक्रिया अगाडि बढिरहेको विद्युत प्राधिकरणले जनाएको छ । गलकोट हरिचौरमा रहेको सव स्टेशन वि.सं २०७२ सालमा निर्माण कार्य सुरु गरिएको थियो । ३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य गत वर्ष नै सम्पन्न भएको थियो ।

    गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो भएको र जिल्लाको सबै भुभगमा विद्युतिकरण गर्न थप २ सव स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले सोही अनुसार गृहकार्य अगाडी बढाइएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...