कपिलबस्तु। कपिलवस्तु थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यलय कपिलवस्तुका अनुसार आज मात्र थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
आज थपिएका संक्रमित सबै समुदायका रहेका छन्। यहि साउन ३१ गते कृष्णनगर नगरपालिकाको बहादुरगन्ज बजार र कृष्णनगर बजार क्षेत्रदेखि संकलन गरिएको ३२९ नमुना मध्ये २४ पोजेटिभ आएको छ भने ८७ रिपोर्ट नेगेटिभ आएको छ ।यस्तै २१८ नतिजा प्रतीक्षामा छ । आज थप २४ जनामा कोरोना पुष्टि भएसंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १००६ पुगेको छ ।
आज थपिएका संक्रमित सबै कृष्णनगर नगरपालिकाका रहेका छन् ।