भरतपुर । चितवन जिल्लाको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमती प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित पुरुषहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका छन् । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति ३ सय ५५ जनाको स्वाबको नमुना परिक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको थियो ति मध्ये ४२ जना ससस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको हो ।
यस्तै संक्रमित मध्ये भरतपुर सेन्ट्रल अस्पताल र भरतपुर अस्पताल बाट प्राप्त नमुनामा भरतपुर महानगरपालिका भित्रका वडा नं ५,७,१० र ८ का २४,२७,४२,४३ उमेर समुहका रहेका छन् ।