काठमाडौँ । बिहीबार नेपालमा थप ३ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा गरिएको ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६० जनामा संक्रमण देखिएको हो ।यससँगै कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।त्यस्तै,बिहीबार थप २ सय ३३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।त्यसैगरी,नेपालमा गत २४ घण्टामा कोरोनाका कारण संक्रमणका कारण थप ५ जनाका मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीका १ मोरङ २,धनुषाका १,सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।यससँगै मृत्यु हुनेमा ६५ जना पुगेको छ ।
Advertisement