दाङ। दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ४ कोइलाखानी टोल सिस्नेकुटीमा बाख्राको खोर भत्कदा तीन दर्जन वढि बाख्रा मरेका छन् ।
Advertisement
कोइलाखानी टोल बिकास संस्थाका अध्यक्ष धनसिंह पुनका अनुसार स्थानिय वलवहादुर खड्काको बाख्राको खोर सोमवार बिहान चार वजेतिर भत्किदा खोरमा च्यापिएर बाख्रा मरेका हुन । खोर एक्कासी भत्कदा तीनदर्जन वढि वाख्रा,पाठा, खसी र वोका मरेको उहाले वताउनुभयो । खोरमा ४५ वटा बाख्रा रहेको अध्यक्ष पुनले वताउनु भयो ।
खोर भत्किएपछि केही बाख्रा निस्किएर बाँचे पनि धेरै जसो मरेको वताउनुभयो ।
२०७२ सालको भुकम्पका कारण खोर चर्किएको थियो । अविरल वर्षाका कारण भत्किएको हुन सक्ने वताइएको छ ।