कामना डेली, प्युठान। चर्चीत लोक गायक तथा संचारकर्मी दिपु मगरको नयां मौलिक तीज गीत “रोगी दिदी” सार्वजनिक भएको छ । दिपु मगरको शब्द संगीत रहेको गीतमा गायिका रेनु राना मगरले स्वरमा साथ दिएकी छन ।
गीतको भिडियो समेत निर्माण भएको छ। जस्मा विहानी, नोहित प्रेम, कल्पना र गायक दिपुको अभिनय देख्न सकिन्छ। भने गीतको निर्देशन पनि गायक स्वयंले गरेका छन् । गायक दिपुले आफ्नै युट्युव च्यानलबाट गीतकाे भिडियो सार्वजनिक गरेका हुन।मौलिक संस्कृती र समाजको यथार्थ बोकेको गीतमा दिदि भाइको पिर,ब्याथाको यर्थाथ चित्रण गरिएको छ ।
गायक दिपुले गीतमा बालापनको स्मरण गर्दै आफनी दिदिसंग खेलेका अनि हुर्केका कुराहरुलाई गीतमा उतारेका छन् । प्युठानमा जन्मे हुर्केका दिपु मगर लामो समय देखि रुपन्देहीको बुट्वलमा रहेर गित संगित र संचार क्षेत्रमा क्रीयाशिल रहदै आएका छन।
हेर्नुहोस गीतको पूरा भिडियो