प्यूठान । प्यूठानमा सोमबार ३ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय ३१ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठान नगरपालिकाका १ जना र ऐरावति गाउँपालिकाका २ जना पुरुषमा कोरोना पुष्टि भएको श्रेष्ठले कामना डेलीलाई बताए ।यसैबिच पछिल्लो २४ घण्टामा यहाका १९ जना व्यक्ति डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा ऐरावतिका ११ र सरुमारानी गाउँपालिकाका ८ जना छन। उनिहरुलाई कोरोना निको भएपछी घर पठाईएको हो ।
योसँगै अहिले सम्म प्यूठानमा २ सय ९५ जना संक्रमितहरु डिस्चार्ज भई आआफ्नो घर फर्किसकेको र अब ३६ जना मात्र जिल्लाका विभिन्न आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
Advertisement