काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९ सय ४५ पुगेको छ।