बिमलराज डाँगी, रोल्पा। रोल्पाको थबाङ गाउँपालिकामा गरिव जेहेन्दार र विधुतको पहुँच नपुगेका ४८ घरपरिवारलाई नि:शुल्क सोलार वितरण गरिने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट नि:शुल्क सोलार वितरण गरिएको छ । वडा नं ५ का १० घरपरिवारलाई बुधवार गाउँपालिका अध्यक्ष विर बहादुर घर्तीले सोलार हस्तान्तरण गर्नु भएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमेलटारले ग्रामिण भेगमा विद्युुत पुग्न नसकेको वस्तीहरुको लागि भनेर सोलार गाउँपालिकामा पठाएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनु भयो । वडाको विद्युत नपुगेको घरपरिवारको वडाले सिफारिस गरेको आधारमा स्थानियहरुलाई सोलार वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
पाँच वटै वडामा रहेका त्यस्ता परिवारको सुची वडाले पठाएअनुसार सोलार वितरण गरिएको छ । यस वर्ष ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गरिएको छ भने यो कार्यक्रम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको कार्यक्रम भएको र आगामी वर्ष पनि यस कार्यक्रम निरन्तर भएको खण्डमा थप गरिव जेहेन्दार र विधुत तथा उज्यालो नपुगेको घर परिवारलाई वितरण गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।
थबाङ गाउँपालिका वडा नं १ ,२ र ३ मा एक वडामा दस सेटको दरले ३० सेट सोलार वितरण गरिने छ भने वडा नं ४ र ५ एक वडा मा ९ सेटको दरले १८ सेट सोलार वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले बताउनु भयो ।