अर्घाखाँची । अर्घाखाँचीमा आइसोलेशनमा बसेका ८९ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
Advertisement
जसमध्ये सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्षा मावि हटारीमा रहेको आइसोलेशनबाट ५१ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसुलेसनमा रहेका ३८ जना गरि ८९ जना रहेका छन । जसमा बुधबार मात्र शितगंगाको आइसुलेसन बाट २१ जना डिस्चार्ज भएका हुन ।
उनीहरु लाई केही हप्ता होम क्वारेन्टिनमा बस्न सुझाव दिदै डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
जिल्लामा तीन सय १२ जना कोरोना संक्रमित छन । भने ८ सय ५१ जना क्वारेन्टिनमा बसेका छन ।