जीवन न्यौपाने, नवलपरासी । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड सुनवल शाखाले आइतबारबाट ATM सेवा सञ्चालनमा ल्याएको छ ।
आफ्ना सेवाग्राहीहरुलाई थप बैंकिङ कारोबार सहज र सरल बनाउने हेतुले आईतबारदेखि ATM सेवा समेत प्रदान गरेको बैंकका प्रबन्धक कृष्ण क्षेत्रीले बताए । बैंकको उक्त ATM कार्ड प्रयोग गरि नेपालका जुनसुकै बैंकका साथै भारत र भुटानबाट समेत पैसा निकाल्न सकिने सुबिधाका साथै Chip based Visa Card, SCT Network, Union Pay, National network ,Master card लगाएतको प्रयोग गर्न सकिने सुविधा समेत रहेको उनले जानकारी दिए ।बैंकले प्रदेश नम्बर ४ र ५ का ६ जिल्लामा गरि ५३ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेकोमा अहिलेसम्म ११ वटा शाखामा ATM सुविधा सञ्चालनमा ल्याइसकेको र अन्य ४ शाखामा पनि ATM मेसिन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको क्षेत्रीले बताए ।
Advertisement