सलिम अन्सारी, प्यूठान। प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो। सँक्रमितहरु सवै पुरुष हुन । उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्।
जिल्ला भर निको भई २ जना घर फर्किएका छन्। अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ । उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो ।
Advertisement