राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठानका विभिन्न स्थानीय तहलाई पिपिइ सेट सहित स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ।
अस्टेलियन एड्,कारीतास अस्टेलिया र कारीतास नेपालको आर्थिक सहयोग र फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको साझेदारीमा संचालित एन एल आर पि कार्यक्रमवाट कोरोना भाईरसको संक्रमणवाट जोगिन र उपचारमा सहजताका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको साझेदारी सस्थाका अध्यक्ष गुणेन्द्र वहादुर वस्नेतले बताउनु भयो ।मल्लरानी र माण्डबी गाउँपालिकाका क्वारेन्टाइन,स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरहरुमा प्रयोग गर्नका लागी पिपिई सेट लगायतका अन्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिएको परियोजना आइपिएम टेक्निसियन बासुदेब बस्नेतले जानकारी दिनुभयो। हस्तान्तरण गरिएका सामग्रीहरुमा पिपिई सेट, क्वारेन्टाइन तथा आइसोलियसनमा रहेकाहरुको लागी हाइजेनिक किट, सेनिटाइजर, सर्जिकल माक्स,मेडिकल ग्लोप्स के एन ९५ माक्स , थरमल गन , सचेतनामुलक पोस्टर (व्यक्तीगत सुरक्षाका सामग्री) लगायत अन्य सरसफाई तथा सुरक्षाका सामग्रीहरु गरि करिब १ लाख ७४ हजार ६ सय ५७ रुपैयाँ बराबरको सामग्रीहरु रहेको छ ।
यस अघि पनि उक्त संस्थाकै सहयोगमा प्युठान नगरपालिकालाई १ लाख १२ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण गरिएको थियो ।त्यस्तै माण्डवी गाउँपालिका र प्यूठान नगरपालिका वडा नं.१ भित्र क्वारेन्टाईन तथा आईसोलेसनमा रहेका १२७- १२७ जनालाई हाइजिनिक किट प्रदान गरिएको सस्थाले जनाएको छ।
यसरी कुल जम्मा २ लाख ८६ हजार ६ सय ५७ रुपैयाँ बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको आइपिएम टेक्निसियन बस्नेतले जानकारी दिनुभयो ।