प्यूठान । प्यूठानमा थप पाच जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै, जिल्लामा संक्रमितको संख्या १७४ जना पुगेको छ।
Advertisement
राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा उनिहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए । स्वर्गद्वारीका ४ जना र नौबहीनी गाउँपालिकाका १ जनालाइ कोरोना पुष्टि भएको श्रेष्ठले बताए ।
कन्ट्रयाक ट्रेसिङ गर्दा उनिहरुलाई कोरोना पुष्टि भएको हो। उनिहरु २२ देखि ४४ बर्ष उमेर समुहका छन।