राम बहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा थप ४५ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सँगै, संक्रमित संख्या १६९ पुगेको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले सोमबार सांझ सम्म जिल्लामा कुल संक्रमित संख्या १६९ पुगेको बताए ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाव परिक्षणमा प्यूठान नगरपालिकाका १८,स्वर्गद्वारी नगरपालिका १२, ऐरावतीमा ८, मल्लरानीमा ५ र नौबहिनी गाउँपालिकाका २ जना गरि जम्मा ४५ जनामा
कोरोना पुष्टि भएको उनले जानकारी दिए । प्यूठानका नौ मध्ये ८ वटा स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन। झिमरुक गाउपालिका भने अझै सुरक्षित छ। जिल्लामा ६ महिला र ६२ पुरुष गरि आज एकैदिन ६८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको हो।
कार्यालयका अनुसार प्यूठानमा संकलित नमुना स्वाब मध्ये अझै ४७७ जनाको पिसीआर नतिजा आउन बाँकी छ।