पाल्पा। पाल्पामा एकै दिनमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जना र माथागढी गाउँपालिकाको क्वारेन्टिनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको हो ।उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका रहेका छन् ।पूर्वखोला गाउँपालिकाका ५८ जनामा सोमबार संक्रमण देखिएको हो ।
पूर्वखोलामा मात्रै संक्रमितको संख्या ९२ पुगेको छ । त्यस्तै, जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७६ जना पुगेको छ ।
Advertisement