अनिल खत्री, गुल्मी । गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमितले कोरोना डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेहरु जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर–४ का आठ महिनाका शिशु , १८ वर्षकी महिला, वडा नम्बर–१ का ३० वर्षका, वडा नम्बर–२ को ३१ वर्षका पुरुष, वडा नम्बर–७ का २३ वर्षका पुरुष, वडा नम्बर–१० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर–१२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर– १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
डिस्चार्ज भएकाहरु १४ दिन आइशुलेसनमा बसेर डिस्चार्ज गरिएको हो । संक्रमित भएकाहरुमा कुनैपनि लक्ष्ण बिनाका भएकाले पुन कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको अर्यालले बताए । पछिल्लो निर्देशन अनुसार संक्रमण पुष्टी भएपनि कोरोनाको लक्ष्ण कुनैपनि नदेखिए पुन चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरि घर पठाइएको हो । गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए ।
संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो ।
गुल्मीमा आठ महिने शिशु सहित १४ जना संक्रमित डिस्चार्ज
गुल्मीमा आठ महिने शिशु सहित १४ जना संक्रमित डिस्चार्ज

Advertisement
तपाईको प्रतिक्रिया