दाङ । दाङ जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये एक जना बंगलाचुली गाउँपालिकाका रहेका छन् भने ४२ जना घोराही उपमहानगरपालिकाका रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३६ पुरुष र ७ महिला छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुनेमा घोराही १७ का ४०, ४३, २९, ३० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै वडा नम्बर १७ कै ३० वर्षीया महिला, २५ वर्षीय पुरुष, ४९, २४, ४६ वर्षीय पुरुष छन् । त्यस्तै २३ वर्षीया महिला, ४२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष, २० वर्षीय पुरुष, १५ वर्षीय पुरुष, १४ वर्षीय पुरुष, १९ वर्षीय पुरुष र ३४ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै घोराही ४ का ५७, ३१ वर्षीया महिला, ३१ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, २० वर्षीय पुरुष, २९ वर्षीय पुरुष, २१ वर्षीय पुरुष, २२ वर्षीय पुरुष र ४१ वर्षीय महिला रहेका छन् ।
त्यसैगरी घोराही १८ का ४६ वर्षीय पुरुष, २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, ६० वर्षीया महिला, ३६ वर्षीय पुरुष, ३३ वर्षीया महिला र ४२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै घोराही ५ का १९ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, १८ वर्षीय पुरुष, २४ वर्षीय पुरुष र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी घोराही ३ मा ४१ वर्षीय पुरुष, ३३ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष तथा बंगलाचुलीमा २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३३ जना हरिद्वार मावि चौघेराको क्वारेन्टाइनमा बसेका छन् भने ९ जना डाँडा गाउँ मावि गोग्लीमा बसेका छन् । एक जना बंगलाचुलीका भने प्रतिष्ठान मै बसेको जनाइएको छ । संक्रमित सबै भारतबाट आएका हुन ।
४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि
आज दाङमा कोरोना संक्रमण पुष्टि हुने ४३ जना मध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहर सबै घोराही
उपमहानरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका रहेको जनाइएका छन् । यो सँगै दाङमा कोरोना संक्रमण देखिएका स्वास्थ्य कर्मीको संख्या ६ पुगेको छ । यसअघि दाङमा लमही नगरपालिकाका १ र राप्ती गाउँपालिकाका १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।
आज कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, ३ का ४८ वर्षीय पुरुष तथा ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीया महिला रहेको जनाइएको छ ।