नुवाकोट। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । बिहिबार नुवाकोटमा १ जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७ पुगेको हो ।
Advertisement
तारकेश्वर गाउँपालिकाका एक ३४ वर्षिया पुरुषमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पिसिआर परीक्षणबाट आज दिउँसो संक्रमित भएको पुष्टि भएको भन्दै स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले साँझ विज्ञप्ती जारी गर्नुभएको छ ।बुधबार भेटिएका संक्रमित म्यागाङ गाउँपालिकाको थिए । अहिले त्रिशुली अस्पतालको आइसोलेसनमा म्यागाङ गाउँपालिकाका ३ जना, विदुर नगरपालिकाका १ जना, बेलकोगढी नगरपालिकाका १ जना र तारकेश्वर गाउँपालिकाका कोरोना संक्रमितको उपचार भइरहेको छ ।
ती सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । संक्रमितमध्ये एक जना भने संक्रमण मुक्त भई यश अघि नै घर फर्किएका छन् ।