नेपालमा लोकतन्त्र स्थापनाको लागि धेरै ठुलो संघर्षपुर्ण ईतिहास छ। यसो भन्दै गर्दा बिभिन्न चरणका लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिने महान सहिदहरुलाई सम्झनुपर्छ। देश र जनताको लागि आफ्नो घरबार,बालबच्चा,आमा बाबा अनि श्रीमतीको कुनै प्रबाह नगरी आफ्नो प्राणको आहुती दिने ती सहिदको के स्वार्थ थियो होला र ?
मात्र थियो त सपना बश सपना समृद्ध,समुन्नत र सुखी नेपालीको सपना, बिकाशको सपना,हरेक जनताको मुहारमा हासो र मनमा सुख सान्तिको सपना। ती नेपाली वीर सहिदहरु प्रती सम्मान सहित नमन गर्दछु। हो, नेपालमा जहानिया राणा शासनको अन्त्यका लागि भएको क्रान्ती देखि, पन्चायत शासनको अन्त्यका लागि भएका क्रान्ती र आन्दोलन हुँदै १० बर्षे माओबादीले सुरु गरेको जनयुद्द सहित जनआन्दोलन भाग २ सम्म आइपुदासम्म जनताको बलिदान सङ्ग साटेर लिएको संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको लामो संघर्षपुर्ण यात्रा नेपालले पार गरेको छ। जनताको जिवनमा परिवर्तन ल्याउनको लागि नै यो सबै भएको हो, नेपालको समृद्धि, सुम्मुन्ती बिकासकै लागि भएका हुन यो कुरामा कुनै दुई मत नै छैन। लोकतन्त्रप्रेमी नेपाली जनतालाइ मेरो नमन। तर, एउटा कुरा हामि सबैले बिचार गर्नुपर्ने बेला आएको छ के हामीले सोचेको कुरा भयो त? अहिले देख्छु कि नेपालमा हरेक ठाउँमा निराशा बहेक केही छैन, जो भेट्यो निराश कुरा मात्रै गर्छ, किन यस्तो भैरहेको छ मनन गर्ने कि? हामीले धेरै कुरा परिबर्तन गर्यौ ब्यबस्था बद्लेयौ लोकतन्त्र प्राप्त गर्यौ तर हामी आफू भित्रको व्यबहारलाइ लोकतान्त्रीकरण गर्न सकेनौ।
जब सम्म हाम्रो व्यबहार लोकतान्त्रीकरण हुदैन, जुन सुकै ब्यबस्था आए पनि हामीले लोकतन्त्र महसुस गर्न सक्दैनौ।
लोकतन्त्र भनेको पाच पाच बर्षमा एक भोट खसाल्ने मात्र होइन लोकतन्त्र भनेको नारा जुलुस बन्द हडताल मात्रै होइन लोकतन्त्र त एउटा संस्कार हो। लोकतन्त्र त एउटा व्यबहार हो। जब सम्म हामी भित्र रहेको सामन्ती पन्चायत व्यबहार समाप्त हुदैन, जब सम्म हामीले आफू भित्र लोकतान्त्रीकरण गर्न सक्दैनौ तब सम्म यो रास्ट्रमा समृद्धि, बिकास र समुन्नति सम्भब छैन। एक पटक हामि सबैले आत्मा समिक्षा गरौ। देशमा भ्रष्टाचार हुनु भनेको देशको अस्मिता माथी बलात्कार गर्नु हो। भ्रष्टाचारिहरु यहि ब्यबस्थामा नेतृत्व गरिरहेकाको आडमा खुलेआम हिडिरहनु, देशद्रोही अभिव्यक्ति दिने मानिसहरु माननीय भएर सन्सद भवन छिर्नु अनि देशभक्त जनता बिदेशी हस्तक्षेपको बिरोध गर्दै गर्दा बल प्रयोग गरि दमन गरिनु जस्ता दिनहु घटिरहेका घटनाहरुले गर्दा नेपाली जनताको लोकतान्त्रिक ब्यबस्था प्रतिको बिश्वासमा ह्रास आउदै गहिरहेको छ।लोकतान्त्रिक ब्यबस्थाका शासकहरु नाताबाद, कृपाबाद र कमिसनबादको जालोबाट मुक्त हुन नसक्नु पनि लोकतान्त्रिक ब्यबस्था प्रतिको बिश्वासमा ह्रास आउदै जानुको कारण हो।लोकतान्त्रिक ब्यबस्थाका कानुनीराज्य, सुशासन, पार्दशिता, समतामुलक समाज अनि ब्यबस्था प्रती जनताको बिश्वास लगायतका मुख्य पक्षहरु नै कमजोर हुनुले पनि लोकतन्त्र खतरामा पर्ने संकेत देखिन्छ। देशमा कानुनी ब्यबस्थाको खुलेआम दुरुपयोग भैरहेको छ। हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका अपराधीहरु समातिन नसक्नु अनि गणतन्त्र दिवसका अवसरमा त्यस्ता अपराधीहरुले आम माफी पाउनु अनि पिडितले न्याय नपाउनु जस्ता घटनाहरुले गर्दा लोकतन्त्रमा कानुनीराज्यको सहि पालना हुन सकेको छैन। निर्मला पन्त बलात्कार पछिको हत्या, रुकुममा दलित युवाहरुको नरसन्हार,रोल्पामा नाबालकहरुको बेवारिसे बम पाड्किएर भएको हत्या, छोराको हत्यारालाई कार्वाहीको माग गर्दै अन्सन बसेका नन्दप्रसाद अधिकारीको अन्सनका क्रममा मृत्यु भै शब पाच बर्ष देखि वीर अस्पतालको शब कक्षमा न्याय कुरिरहेको छ। यी त हाम्रो मुलुकका प्रतीनिधि घटनाहरु हुन।
यी घटनाहरुले लोकतान्त्रिक सरकारको सुशासनलाई प्रतिबिम्बित गरेको छ।
महामारीको समयमा स्वास्थ्य सामाग्रीमा भएका भ्रष्टाचार अनि गाउँ गाउँ खुलेका भ्रस्टाचारका अखडाहरु जस्लाई हामी स्थानिय तह भन्छौ तिनिहरुका घोटालाका दिनहु अखबारहरुमा आउने काण्डले देशमा पार्दर्शिताको नमुना उदाहरण नै पेश गरेको छ। मन्त्री देखि राष्ट्रपति सम्मको बिलासिता प्रतीको मोह अनि देशका जनताहरु क्वारेन्टाइनमा कैदी भन्दा नि बत्तर जीवन निर्वाह गरिरहेका समाचारहरुले लोकतान्त्रिक ब्यबस्थालाई गिजाइरहेको अनुभुती हुन्छ। लोकतान्त्रिक ब्यबस्थाका आदर्शलाई रट्ने तर आफुमा व्यबहारत लागू गर्न नसक्नु नै प्रमुख कारण हो। समाज सुधार्न खोज्ने तर आफुमा सुधार लेराउन नसक्नु नै हाम्रो प्रमुख कमजोरी हो। निर्वाचन प्रक्रियालाई जनता लिलामी सभा जसरी उपभोग गरिनु पनि अर्को कारण हो। जसरी हरेक निर्वाचन क्षेत्रमा निर्वाचनमा होमिएका नेताहरु निर्वाचन जित्नकै लागि करोडौ खर्छ गर्ने अनि जनता किन्ने परिपाटि बिकसित भएको छ त्यो नै प्रमुख कारण हो लोकतान्त्रिक ब्यबस्था कमजोर हुनुमा। कुनै आदर्श, सिद्धान्त, योजना, घोषणापत्रले निर्वाचन जित्ने होइन, निर्वाचन त कस्ले कति खर्च गर्छ त्यसका आधारमा जितिन्छ, त्यसैले जुन सुकै पार्टीको सासद भएपनि व्यबहारत सबै उस्तै हुन्छ्न। त्यसैले अबको आन्दोलन भनेको हरेक नेपालीले आफ्नो मन र व्यबहारमा सकारात्मक लोकतान्त्रीकरणको आन्दोलन गर्नु आवश्यक छ। हाम्रा व्यबहार कति लोकतान्त्रिक छन, एक पटक नियालेर हेरौ त हामि भित्रको हैकमबाद जब सम्म समाप्त हुदैन तब सम्म केही हुदैन। लोकतन्त्रमा अधिकार मात्र हुदैन त्यो संगै लोकतान्त्रिक दायित्व र कर्तब्य हुन्छन।
एक पटक मनन गरौ हामीले हाम्रो कर्तव्य र दायित्व कति पूरा गर्यौँ ?
ठूलो उदाहरण म दिन चाहान्न मात्र हामीले यो सोचौ कि हामीले कति पटक जेब्राक्रसिङमा आफ्नो मोटर रोकेऔ, बाटो काट्न खोज्ने बटुवालाइ मोटर हाक्दै हर्न बजाउदै ओभरटेक गरेको बिर्सिनु भयो। समान्य कुरा हो यो त दायित्व भन्दा नि नैतिकता हो बटुवालाइ बाटो काट्न दिनु कि होइन र? सानो कुरामा पनि आफ्नो चिन्जानको पहुचवलाको पावर देखाउदै कानुनी राज्यको उपहास गर्नु पनि नाताबाद र कृपाबाद होइन र? जुन देशमा हामी लोकतन्त्रको लागि त्यति ठूलो संघर्ष गरेऔ, आज त्यही देशमा भर्खरै जन्मेको नाती कुन पार्टीको भनी पार्टी पद्धतिलाइ जहानिया तन्त्र बनाउने को हो? हामी त हो नि होइन र ?
लोकतन्त्रको सस्थागत बिकासको लागि सबै भन्दा पहिले हाम्रो आचरण लोकतान्त्रिक हुनु आवश्यक छ जब सम्म हामी भित्रको सामन्तीवाद अन्त्य हुदैन। तब सम्म लोकतन्त्रको जग बलियो हुदैन हामी सबै उत्तरदायी र कर्तव्यबोध हुनु आवश्यक छ । जब हामी भित्रको सामन्तीबादि ब्यवहार मौलाइरहन्छ तब सम्म हामीले देखेको नेपाल सम्भब छैन त्यसैले अब हामी भित्र क्रान्ति हुनुपर्छ। फरक मतलाई दबाउनका लागी जसरी बल प्रयोग गरिन्छ।
आफू विरुद्धका आवाजलाई बल प्रयोग गरेर दबाउन खोज्नु लोकतान्त्रिक सरकारको चरित्र होइन।
नेतृत्व आलोचना र बिरोधका लागि तयार हुनु पर्छ। सरकारका हरेक निर्णय जनता प्रती जवाफदेही छन र जनताले त्यो निर्णय स्वीकार गर्ने वा नगर्ने जनता नै सार्बभौम छन। सत्ताको जग बल होइन जनता प्रतीको माया, ममता र स्नेह हुनुपर्छ! जब सम्म नेतृत्व आलोचना सुन्न र गल्ती स्वीकार सक्दैन तब सम्म ब्यबहारिक तहमा लोकतन्त्र कार्यान्वयन हुदैन, बिद्रोह निश्चित छ।
अब हामी सबैको व्यबहारमा लोकतान्त्रिकरणको अभियानमा अग्रसर हुँदै आफुले आफैलाइ बदल्ने प्रयासमा जुटौ । तब पो नेपालको भबिस्य सुमुन्नत, समृद्ध र नैतिक लोकतान्त्रिक र बिकासित हुनेछ। हामी सबैले चाहे के सम्भब छैन र ? हाम्रै पुस्ताले यो सपनालाई बिपनामा साकार गर्नेछ
जय नेपाल ।
लेखक किशोर गैरे,बर्दघाट ४ नवलपरासी।