• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, पुष ०५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।
    शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ । जसको परिणामस्वरूप कुनैपनि देश र समाजमा परिवर्तन आउन सक्छ । राजनीतिमा पनि अमूल्य र गतिशील परिवर्तन आउनसक्छ । शिक्षाले व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति सञ्चालन हुने गर्छ ।
    त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ । शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन् तर शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता पर्दछ । बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिदैन ।
    राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।
    राजनीति त्यो हो जुन देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनु पर्छ । राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो । तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरुमा बढ्दै गइरहेको छ । राजनीति गर्नेहरुले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ । आजभोलि राजनीति भन्ने वित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेको छ । अहिलेको अवस्था हेर्ने हो भने गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालयनै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ । यो सरासर गलत हो । सरकारी र नीजि छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालियो । सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सृजना गर्ने शिक्षित वर्ग नै देखिएको छ ।
    पछिल्लो समय शिक्षक शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्नेे जस्ता अपराधिक घटनाहरू भइरहेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतिको पराकाष्ठ समेत बनेको छ । देशको प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा आजको आवश्यकता हो ।
    समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । नेपालको सन्दर्भमा राजनीति भनेको हड्ताल, नारावाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने पाइन्छ । राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरेको पाइन्छ यो गलत हो । राजनीति भनेको त आफैँमा एक विज्ञान हो । हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्यौ भने यसको महत्व बुझ्नेछौँ । साच्चै भन्ने हो भने राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ ।
    जबदेखि राणाशासन काल थियो त्यतिबेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो । विभिन्न कालखण्डदेखि अहिलेसम्मको शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । बिस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ । पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो । राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो । तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन् ।
    अब विकास गर्नका लागि राजनीतिक मुल्य मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ । साथै मानिसहरूलाई राजनीतिको नकरात्मक पक्ष मात्र होइन सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ । विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने आजको समस्या हो । शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र नियमित आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे सोच्नु जरुरी छ । जहाँबाट शिक्षामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न आवश्यक छ । शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
    ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अहम् योगदान रहन्छ । शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अति आवश्यक छ । सबैको कार्य दक्षताको मूल्याड्ढन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा प्रतिस्पर्धा गर्नु पर्छ । अब शिक्षाको नाममा आतङ्क फैलाएर शिक्षामा ह्रास आउने गतिविधिको अन्त्य जरुरी छ । परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरूरी देखिन्छ । संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रविन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो।

    Advertisement

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation