• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ३. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ४. नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

  • ७. जग्गासम्बन्धी सेवा घरमै

  • ८. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ९. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • १०. चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ


  •   मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
  • प्युठान, एक पहाडी जिल्ला, जसले इतिहासभरि नै विभिन्न राजनीतिक उतारचढावको साक्षी बनेको छ। अहिले फेरि यो जिल्ला अर्को नयाँ संघर्षको केन्द्र बनेको छ—विकासको नाममा बजेटको होडबाजी र पार्टीगत झगडाको।
    अहिले नेपालको संघीय र प्रदेश सरकार एमाले र कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकार हो। प्युठान जिल्लाबाट संघ र प्रदेश तहमा ५ जना सांसद रहेका छन्, जसमा एमाले र कांग्रेसका प्रतिनिधिहरू छन्। संघीय प्रतिनिधि सभामा एमालेका सूर्य थापा छन् भने प्रदेश सभामा एमालेबाट तुलसीराम शर्मा र कांग्रेसबाट सरोज थापा, निमा गिरी र धनलक्ष्मी श्रेष्ठ प्रतिनिधित्व गर्छन्। त्यस्तै, रोज राणा नामले परिचित थापा मन्त्री समेत हुन्।
    यो तथ्याङ्कले प्युठान जिल्लाको राजनीतिक परिदृश्यमा एमाले र कांग्रेसको दुवै पार्टीको प्रभाव र प्रतिनिधित्व स्पष्ट देखाउँछ। विकास बजेटको बाँडफाँटलाई लिएर यति धेरै प्रतिस्पर्धा भइरहेको छ कि अब त्यो प्रतिस्पर्धा कार्यकर्ता तहमा गालीगलौज र दुश्मनीसम्म पुगेको छ। सामाजिक सञ्जालमा एकले अर्कालाई आरोप–प्रत्यारोप गर्ने, जनतालाई लोभ्याउने नाराबाजी गर्ने क्रम तीव्र बन्दैछ। तर प्रश्न यत्ति हो—के यस्ता गतिविधिले साँच्चिकै जिल्लाको मुहार फेर्छ?
    बाग्दुला मच्ची–बाग्दुला स्यालिबाङ सडक यस राजनीतिक खिचातानीको ताजा उदाहरण हो। विकासको आधार बन्नुपर्ने यो सडक अहिले बजेटको नाममा झगडाको विषय बनेको छ। ‘कसले बजेट ल्यायो, कस्को पहुँचमा कति बजेट पुग्यो’ भन्ने बहसले बाटो बन्ने सपना अझै टाढिएको छ। निर्माण कार्यमा ढिलासुस्ती र पारदर्शिता अभाव भएको जनगुनासो आम छ। यी त प्रतिनिधि उदाहरण मात्र हुन्।
    त्यस्तै, चाल्नेटार विमानस्थल, नौमुरे जलविद्युत् आयोजना, स्वर्गद्वारी केबलकार, माडी–लुङ्री सिँचाइ योजना जस्ता बहुप्रचारित योजनाहरू आजसम्म पनि भाषण र कागजमा सीमित छन्। निर्वाचन नजिकिँदा यी योजनाहरू ठूला नारा र आश्वासनका रूपमा आउँछन्, तर चुनाव सकिएलगत्तै ती योजनाहरू जनताका आँखामा निराशा बनेर बस्छन्। चाल्नेटारमा जहाजको आवाज होइन, झाडी र बोटबिरुवाको सुस्केरा सुनिन्छ। नौमुरेमा बिजुली उत्पादन होइन, केवल सपना बाँकी छ। स्वर्गद्वारीमा केबलकारको सपना अझै पनि धरातलमा उत्रिएको छैन। माडी–लुङ्रीमा सिँचाइको पानी होइन, किसानको पसिना बगिरहेको छ।
    हामी बुझ्नुपर्छ—विकास फेसबुक पोस्ट, टिकटक भिडियो वा भाषणमा सीमित हुँदैन। विकास त्यो हो, जसले वृद्धबृद्धालाई स्वास्थ्य सेवा पुर्‍याउँछ, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन्छ, किसानलाई मल–बिउ, सिँचाइ र बजारसँग जोड्दिन्छ। यस्ता कार्यहरू त्यतिबेला सम्भव हुन्छन्, जब नेताहरू गाउँ–टोलमा पुगेर जनताको दुःख–सुख प्रत्यक्ष रूपमा बुझ्छन्।
    राजनीतिक प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर त्यो प्रतिस्पर्धा जनताको हितमा, र विकासमा आधारित हुनुपर्छ। नेतृत्व तहमा रहेका व्यक्तिहरूले योजनाबद्ध रूपमा काम गरे, जनतासँग संवाद गरे, त प्युठानको मुहार बदल्न धेरै समय लाग्दैन।
    सामाजिक सञ्जाल प्रचारको माध्यम हो, समाधानको होइन। समाधानका लागि नेताहरू जनताको घरदैलोमा पुग्नुपर्छ, उनीहरूको अभाव, अपेक्षा र गुनासोहरू सुन्नुपर्छ। भौतिक उपस्थिति र सक्रिय सहभागितामै समृद्धिको सूत्र लुकेको छ।
    प्युठानको विकास फेसबुकको लाइक–कमेन्टमा होइन, खेतको सिँचाइ कुलो, विद्यालयको पुस्तक, स्वास्थ्य चौकीको औषकधि, र युवालाई रोजगारी दिने काममा देखिनुपर्छ। विकास केवल घोषणा होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने अवस्था हो।
    अहिलेको आवश्यकता हो– साझा सहकार्य, इमानदार नेतृत्व, र जनउत्तरदायी कार्य। अब जनताले पनि सजक र सचेत भएर विकासको वास्तविक मूल्याङ्कन गर्न थाल्नुपर्छ।

    Advertisement

    मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      रोल्पा दुर्घटनामा तीनको मृत्यु

    • ३.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ४.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    भर्खरै

    • १.
      सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल

    • २.
      पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष

    • ३.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

    • ५.
      गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु

    • ६.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ७.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ८.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation