टेकबहादुर पुन,दाङ । राजपुर गाउँपालिकामा पहिलो पल्ट कोरोना सङ्क्रमण पुष्टी भएको छ । विभिन्न बिद्यालयमा क्वारेनटाईनमा रहेका १ सय ५७ जनाको स्वाब संकलन गरि पि सि आर चेक गर्दा ३ जनामा कोरोना पोजेटिभ भेटिएको राजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले जानकारी दिए । भारतबाट आएका उनिहरु तिनैजना महिला हुन ।
वडा नम्बर ५ का १ जना र वडा नम्बर १ का २ जनामा कोरोना पोजेटिभ भेटिएको हो । उनिहरु साधारण माबि सालभौँरी र माबि जनज्योती बेलामा क्वारेनटाईनमा थिए । यो भन्दा अघि राजपुरमा कोरोना भेटिएको थिएन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले उनिहरुको परिक्षण गरेको हो ।
यो सँगै दाङ्गमा हालसम्म सङ्क्रमितको संख्या ५६ पुगेको छ ।
Advertisement