कामना डेली, प्युठान । जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर -४ मा एक विपन्न परिवारकाे उद्दार गरिएको छ ।
अार्थिक अबस्थामा कमजाेर रहि खुल्ला ठाउँमा तथा कहिले अाफन्ति एवं कामगर्नेहरुकाे घरमा समेत बस्दै अाएका जुठे दमाईकाे वडाले उद्दार गरेकाे हाे । वडाले ६७ हजार ५०० रुपैयाँमा २ काेठे घर तयार गरि दमाई परिवारकाे उद्दार गरेकाे वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयाे । उहाँको परिवारलाई घर हस्तान्तरण गरिएको छ । वडामा रहेका विपन्न तथा अार्थिक अबस्था कमजाेर रहेका सबै नागरिकहरुकाे विभिन्न क्षेत्रमा राहात तथा उद्दार जारि राखिने अध्यक्ष श्रेष्ठले वताउनु भयाे । काङ्ग्रेस युवा नेता समेत रहेका श्रेष्ठ स्वर्गद्वारी गाैमुखि यातायात प्रालिका महासचिव समेत हुनुुहुन्छ ।
वडाभित्रका जेष्ठ नागरिक तथा विपन्न परिवनरका लागि क्रमश अावास तथा स्वास्थ्य र पाेषणमा समेत वडाले सहयाेग गर्ने वडा कार्यालयले जनाएको छ।