दाङ । दाङमा थप पन्ध्र जनामा कोरोना पुष्ठि भएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको हो।
दाङको घोराही उपमहाननगरपालिका– १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन्। उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।
त्यसै गरेर लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन्।
यसमा २० वर्षकी एक महिला पनि छन । वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन्। एक जना महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका छन्।
यसको पूर्ण विवरण संकलन भइरकेको र दिउँसो ४ बजे पछि मात्रै सार्वजनिक गरिने तयारी गरिएको छ। यसै गरेर रुकुमपूर्वका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ। पुथा उत्तरगंगा–१४ र १५ का तीनजनामा पोजेटिभ देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति प्रा.डा. संगीता भण्डारीले दाङमा कोरोना सक्रमितको सख्या बुधबार थपिएको बताइन। उनले दाङ र रुकुमका १८ जनाको रिपोर्ट पोजेटिभ आएको बताइन् ।
दाङमा थप १५ जना कोरोना संक्रमीत भेटिए
दाङमा थप १५ जना कोरोना संक्रमीत भेटिए

Advertisement
तपाईको प्रतिक्रिया