सनिउल्ला धोबी, कपिलवस्तु । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकार समक्ष आग्रह गरेका छन ।
एक प्रेस विज्ञप्ती जारी गर्दै उनले आफनै मात्रृभुमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने उनको भनाई छ । कपिलवस्तुको सिमानाका तथा दशगजामा १३ सय नेपालीहरु अलपत्र परेकोले व्यस्थापन गर्ने निकाय गैरजिम्मेवार बन्नु दुखद भएको बिज्ञप्तिमा भनिएको छ ।
आचार्यले कपिलवस्तुको क्वारेन्टाइनमा बसेको नेपालीलाई स्वाव परिक्षणका लागि किटको अभाव भएकोले यथाशिघ्र किटको व्यस्थापन गर्नुपर्ने संघ र प्रदेश सरकारसगं माग समेत गरे । उनले समुदायलाई कोरोनाबाट बचाउन सबैसँग आग्रह समेत गरेका छन । भारतबाट लुकिछिपी आउने नेपाली नागरिकका क्वारेन्टिनमा राख्न स्थानिय तहलाई उनको आग्रह छ । नेता आचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सीमाको समस्या समाधानका लागि नेपाली काँग्रेस ऐक्यबद्ध रहेको पनि उल्लेख गरिएको छ । लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने सभापती आचार्यको धारणा छ ।
भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउन समेत आचार्यले माग गरे । उनले जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान उनले अपील पनि गरेका छन ।
सरकार अलपत्र नेपालीको समस्या सुल्झाउ : पुर्वमन्त्री आचार्य
सरकार अलपत्र नेपालीको समस्या सुल्झाउ : पुर्वमन्त्री आचार्य
Advertisement
तपाईको प्रतिक्रिया