• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

अव को महाशक्ती राष्ट्र ?


  •   शनिबार, चैत २९, २०७६ मा प्रकाशित
  • हरि पंगेनी, कपिलवस्तु।कोरोना कहरको समयमा कोरोनासंगै अन्तरास्ट्रिय सम्बन्धको बारेमा पनि डिस्कोर्स सुरुभएको छ र बहस छ अबको बिश्वसक्ती को?संयुक्त राज्य अमेरिका कि जनवादी गणतन्त्र चीन? विशेषत: हाम्रा मिडियामा आएको जस्तो अब कोरोनाको कहरपछी बिश्वब्यबस्थाको चापीं चीनसंग आउँछ र चीनले अबको संसार हांक्छ भन्ने कुरा बहस तत्कालको लागि बहस मात्रै हो । ग्लोबलपावर हुने कुरा मजाक होईन र यो त्यसै भावनामा बग्ने बिषय पनि होईन।महासक्ती हुनको निम्ति चाहिने मुख्य तत्वहरु जस्तै अर्थ, अन्तरास्ट्रिय सम्बन्ध,भाषा र संस्कृति, प्रविधी र जनशक्ति, सैन्य शक्ति आदि कुराहरुको बारेमा विश्लेषण जरुरी छ । अमेरिका एक्काईस ट्रीलियन डलरका साथ पहिलो अर्थतन्त्र हो र करिब पन्ध्र टृलियन डलरका साथ चीन दोस्रो स्थानमा छ। त्यसैगरी चीन सबैभन्दा ठूलो निर्यातकर्ता हो भने अमेरिका सबैभन्दा ठूलो आयातकर्ता रास्ट्र हो। यहांनेर नोमिनल जिडिपीका आधारमा विश्लेषण गर्नुपर्दा अमेरिका अझै पहिलो स्थानमा छ भने अर्कोतिर पर्चेजिङ पावर पेरेटीका आधारमा चीन अहिले पहिलो स्थानमा छ। अमेरिकाले विश्वको कुल नोमिनल जिडिपीको ४०.७५% ओगट्दछ भने चिनले कुल पिपिपी जिडिपीको ३४.२७% हिस्साका साथ अगाडि छ ।जब सन २०१४ बाट चिनले संयुक्त राज्य अमेरिकालाई पर्चेजिङ पावर पेरेटीका आधारमा उछिन्यो ऊ विश्वशक्ति बन्ने लक्ष्य लिएर अगाडि बढेको देख्न सकिन्छ र त्यसैले के भन्न सकिन्छ भने अबको आर्थिक प्रतिस्पर्धा त यिनै दुई रास्ट्रकै नै हो। अर्कोतिर तेस्रो आर्थिक शक्तिको विषयमा बहश गर्ने हो भने जापान नोमिनलका आधारमा तेस्रो रास्ट्र र भारत पिपिपीका आधारमा तेस्रो रास्ट्रका रुपमा छ्न र यिनीहरु पहिलो हुने रास्ट्रका तुलनामा धेरै नै पछाडी छ्न। त्यसैले के भन्न सकिन्छ भने आउंदा केही दशकसम्मलाई आर्थिक ,सामरिक,शैन्य, सांस्कृतिक प्रतिस्प्रधा अमेरिका र चिनकै सेरोफेरोमा हुने निश्चित नै छ। अर्को आर्थिक सम्पन्नतालाई हेर्ने आधार प्रतिब्यक्ती आयलाई हेर्ने हो भने अमेरिका चीनभन्दा धेरै अगाडि छ। त्यसैगरी नोमिमल जिडिपीका आधारमा अमेरिका विश्वको आठौं धनी रास्ट्र हो भने चीन बहत्तरौं र पिपोपि जिडिपीका आधारमा अमेरिका १२ औं धनी रास्ट्र हो भने चीन ७५ औं रास्ट्र हो ।अब अर्थपछी अर्को महत्त्वपूर्ण कडी सैन्यशक्तीका कुरा गर्दा पनि अमेरिका ,रसिया र चाईना भन्दा अझै अगाडि छ तर यो अलि गौण कुरा हो र मुख्य कुरा अर्थ नै हो। अब प्रविधीमा पनि अझै अमेरिका धेरै अगाडी छ। गुगल, माईक्रोसफ्ट, फेसबुक, ट्विटर, एप्पलजस्ता सोसल साइट अझै अमेरिकाकै हातमा छ र संसार हल्लाई रहेका छन।त्यसैगरी संसारभरिका मान्छेको ब्यक्तिगत सुचना संकलन गरेर राखेका छ्न अमेरिकीहरुले जसका कारण उनीहरुलाई चाहिने हरेक सुचना मिनेटभरमै प्राप्त गर्न सक्छ्न , तथापि टिकटक जस्तो साईट लिएर चिन पनि प्रविधी ब्यापारमा बल्ल अमेरिकालाई लखेट्दै छ।। संसारका सबैभन्दा प्रतिस्ठित विश्वविद्यालय जस्तै जोनहप्किन्स, हावर्ड , म्यासाचुएट्स, वेब्स्टर जस्ता संस्था र नासाजस्तो रिसर्च संस्थाको सहयोगमा अमेरिका नयां नयां खोज रिसर्चमा तल्लिन छ अनि ससांरभरका दिमाग आफुतिर तानेर हिडिंरहेको छ ।शिक्षामा पनि प्रविधिमा पनि अमेरिका अझै अगाडि नै छ ।
    हो चीनले प्रविधीको सहयोगले विकासमा फड्को त मारेको छ तर अझै पनि अमेरिकासंग तुलना गर्दा तल पर्छ । अब अन्तरास्ट्रिय सम्बन्धका कुरा गर्दा अहिले तुलनात्मक रुपमा त चीनले सफ्ट राजनीति मार्फत सम्बन्ध सुमधुर नै राखेको छ तथापी विश्वब्यांक , संयुक्त रास्ट्रसंघ, यसका अरु भागिनी संस्थाहरुमा अमेरिकाकै लगानी धेरै रहेको हुंदा यिनै संजाल मार्फत कैयन अरु देशहरुलाई आफ्नो पोल्टामा पार्न सक्छ।यिनै संस्थामार्फत नै अमेरिकाले संसारभर विभिन्न परियोजनामा काम पनि गरिरहेको छ । अब अर्कोतिर  अंग्रेजी भाषाकै माध्यमबाट अमेरिकाले संसारभर कम्तिमा अझै केही दशक राजगर्ने देखिन्छ।किनकी भाषा अरुमाथी शाषन गर्ने एउटा राम्रो हतियार हो । यो भाषा अहिले अन्तरास्टृय भाषाको रुपमा रहेको छ । मानिस अंग्रेजी माध्यममा पढ्ने भनेर अहिले नी उतै जान हत्तारिन्छ्न। अरु त अरु चीनका विद्यार्थी पनि चाहे चीनमा नै जतिसुकै प्रतिस्ठित शैक्षिक संस्था किन नहोस उनीहरु अध्ययनका नाममा हरेक साल अमेरिका हान्निन्छ्न।यद्यपि चिनको विशाल जनसंख्या , सक्षम नेतृत्व , उदाउंदो प्रविधी र अर्थतन्त्र, आईबिआरडीजस्ता अन्तरास्टृय संस्थाको नेतृत्वले गर्दा अब आउंदा केही दशकमा चीन अगाडि आउँछ तर अमेरिका जस्तै हुन साईबर प्रविधिमा व्यापक अगाडि हुनुपर्छ र भाषा र संस्कृतिलाई नी विश्वब्यापी बनाउनुपर्छ ।

    Advertisement

    शनिबार, चैत २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?
    विकास सामाजिक सञ्जालमा होइन, जनताको मनभित्र हुनुपर्छ
    विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
    गणतन्त्रले दिलाएको उपलब्धि भुलेर गाली?
    शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्
    शिक्षकलाई स्कुल पठाउने कि सडकमा धकेल्ने?

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation