• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

शिवराज विपद कोषमा निजीक्षेत्रको ५ लाख आर्थिक र खाद्यान्न सहयोग


  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु। शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायी श्यामलाल बन्जाडेले तीन जिल्लाका तीन पालिकाको विपद् व्यवस्थापन कोषमा एक–एक लाख सहयोग गरेका छन् ।कोरोना भाइरस (कोभिड १९) का कारण हुन गएको लकडाउनबाट उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित दैनिक ज्यालादारी मजदुर तथा बिपन्नलाई खाद्यान्न सहयोगका लागि बन्जाडेले कूल ३ लाख रकम सहयोग गरेका हुन् । बन्जाडेले तीनै पालिकाको विपद् व्यवस्थापन कोषको खातामा चेक जम्मा गरिदिएको बताएका छन् ।किरानाको थोक तथा फुटकर व्यवसायी बन्जाडेले आफ्नो गृह जिल्ला कपिलवस्तुको शिवराज न.पा. तथा प्युठान न.पा. र रोल्पा नगरपालिकाको विपद् व्यवस्थापन कोषको खातामा एक एक लाख जम्मा गरिदिएको जानकारी दिएका छन् ।आफ्नो मुख्य व्यापारिक क्षेत्र भएकाले गृह जिल्लाबाहेक अन्य दुई जिल्लाको एक एक नगरपालिकाका अति विपन्न र असहाय परिवारका लागि मानवीय नाताले रकम सहयोग गरेको बन्जाडेले बताएका छन् ।यससँगै निजीक्षेत्रबाट शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा कूल ५ लाख ६ हजार ३सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।आर्थिक रकम बाहेक विभिन्न दाताहरुबाट १ सय ८५ क्विन्टल चामल, १६ क्विन्टल दाल, १६ क्विन्टल नून र ८ सय लिटर खानेतेल सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।सहयोग प्राप्त भएको खाद्य सामग्रीमध्ये २० क्विन्टल चामल संघीय सांसद अभिशेष प्रताप शाहबाट, ५ क्विन्टल चामल रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलबाट र बाँकी १ सय ६० क्विन्टल चामल तथा दाल, नून र तेल चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा लोकप्रिय हार्डवेयर एण्ड आयल सेन्टरका प्रोप्राइटर जमशेर अलि मियाँबाट सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जनाए ।यता आर्थिक रकमतर्फ शिवराज नगरको विपद्कोषमा शिवशक्ति ट्रेडर्सका सरोज पौडेलबाट २१ हजार, शुभलक्ष्मी बहुउद्देश्यीय महिला सहकारी संस्थाबाट १० हजार, दियालो नेपालबाट १० हजार, शिवराज जेसिसबाट १० हजार, ओम इलेक्ट्रोनिक्सका व्यवस्थापक एवं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलबाट ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।यस्तै शिवराज ५, कटनी टोलबासीबाट २१ हजार, सुगम ढुवानी सेवाका गोविन्द के.सी.बाट ५१ हजार, चन्द्रौटा निवासी त्रिलोचन पाण्डेबाट ११ हजार १ सय ११, गंगादेवी ट्रेडर्सका नारायण भाटक्षेत्रबाट १० हजार, श्रृजनशील बचत तथा ऋण सहकारीबाट ७ हजार, अरनिको बचत तथा ऋण सहकारीबाट ५० हजार, सर्वोदय महिला बचत तथा ऋण सहकारीबाट १० हजार, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार १ सय, उज्यालो बचत तथा ऋण सहकारी संस्थाबाट १५ हजार, बिगुल बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार रकम सहयोग भएको छ ।राहुल ड्रिङ्किङ वाटर तथा सेरोमनी पिउने पानीका व्यवस्थापक चिन्तामणी भुसालबाट ११ हजार, शिव सपना ट्रेडर्स एण्ड सप्लायर्सका व्यवस्थाक एवं चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पाण्डेबाट ५१ हजार, क्रिष्टल फ्ल्याक्स प्रिन्ट तथा स्काई फेसन गार्मेन्टका व्यवस्थापक पदम पौडेलबाट १५ हजार, दिपाली निर्माण सेवाका दलर्जन के.सी.बाट ११ हजार र शिवराज १ निवासी सरोज शर्माबाट ११ हजार ५ सय रुपैयाँ शिवराज नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा भएको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation