• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

परम्परागत परिकारलाई प्रवर्द्धन गर्न खाद्य महोत्सव


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  • तिलोत्तमा । खाने बानीमा सुधारका लागि स्थानीय रुपमा उत्पादन तथा स्थानीय तहमा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमामा खाद्य मेलाको आयोजना हुने भएको छ । ‘परम्परागत पोषिलो एवम् स्थानीय खाद्यय पदार्थको प्रवर्द्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं’-भन्ने मूल नाराकासाथ आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ३ दिन मेला सञ्चालन हुने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग रुपन्देहीको आयोजनामा हुने मेलामा खाद्य सम्बन्धि ६० वटा स्टल रहने छन् ।तिलोत्तमा १५ स्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने मेलाका लागि निःशुल्क प्रवेश तथा स्टलहरुका लागि समेत निशुल्क सहभागिता हुन पाउने व्यवस्था गरिएको कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी गराए । खाद्य प्रविधी तथा पोषणको क्षेत्रमा अनुसन्धान एवम् विकास भएका खाद्य परिकारहरुको पहिचान तथा प्रवर्द्धन गर्ने, खाद्य उद्यमी तथा व्यवसायीहरुद्वारा उत्पादित खाद्य बस्तुहरु र उनीहरुले विकास गरेका प्रशोधन एवम् तयारी प्रविधी बारे प्रचार प्रसार गर्न सहयोग गर्ने मेलाको मूख्य उद्देश्य रहेको छ । मेला बारे जानकारी गराउन शुक्रबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालय प्रमुख दाहालले स्थानीय स्तरमा उत्पादन हुने पौष्टिक महत्वका कृषि उपजबाट विकास एवम् तयार गर्न सकिने खाद्य परिकारहरुको विकास, व्यवसायीकरण तथा उपभोग अभिवृद्धी गर्ने र खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, संचयकर्ता एवम् उपभोक्ताहरुलाई एकै थलोमा राखेर नविनतम् खाद्य प्रविधि, पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्ने उद्देश्यहरु तय गरिएको बताए ।

    Advertisement

    २० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाको मूख्य आर्कषणका रुपमा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, अल्प प्रचलनमा रहेका स्थानीय उपजहरुको प्रदर्शनी, मौलिक सँस्कृती झल्कने होमस्टे तथा खाद्यय व्यवसाय, विभिन् जातजातिका परम्परागत खानेकुरा तथा खाद्य तथा पोषणसँग सम्बन्धित शिक्षण संस्थाहरुले तयार पारेका खानाहरु रहने छन् । विभिन्न साँस्कृतिक कार्यक्रमहरुसहित आयोजना गरिने मेलाका उत्कृष्ट स्टलहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । मेला आयोजनाका सन्दर्भमा बोल्दै तिलोत्तमा नगरका मेयर वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले जान्ने अवसर प्राप्त गर्ने बताए । नगरभित्र रहेका मौलिक होमस्टे तथा परम्परागत खानाका परिकारहरुलाई समेत सहभागीता जनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले मेला सफलताको शुभकामना व्यक्त गरे ।

    पशुपती माध्यमिक विद्यालय सहयोगी संस्थाको रुपमा रहेको मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ । यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दुधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछा लगाएतका परिकारको स्वाद लिन पाइने आयोजकले जानकारी गराएको छ ।

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • २.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    • ३.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • ४.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ५.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ७.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ८.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation