कामना डेली,प्युठान। नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखाकाे ३४ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाईटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख पदम थापा रहनु भएकाे थियाे । कार्यक्रमले ७ बुँदे प्यूठान घाेषणा पत्र जारी गरेकाे छ ।
प्यूठान घोषणापत्रमा उल्लेखित बुँदाहरु ः
१.प्यूठान जिल्लामा हाल संचालनमा रहेको रक्त संचार सेवालाई निरन्तरता दिन र रक्त संचार सेवामा प्रभावकारीता ल्याउनका लागि जिल्लास्थित सबै स्थानीय सरकारहरुबाट रक्त संचार भवन निर्माण र आबश्यक उपकरणहरुको ब्यबस्थापनका लागि आर्थिक सहयोग गरी मानविय सेवामा हातेमालो गर्न बिशेष अनुरोध गर्दछौ ,
२. विपद् आउने कुरा कुनैपनि ब्यक्तिको नियन्त्रण भन्दा बाहिरको बिषय भएको र प्यूठान जिल्ला विपदको उच्च जोखिममा पर्ने भएको हुदा विपद्बाट मानव तथा भौतिक स्रोतको संरक्षण गर्न बिपद प्रतिकार्य योजना बनाई प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय सरकारहरुको ध्यानाकर्षण गराउदछौ
३. जलवायु परिवर्तन, वातावरणिय प्रदुषण लगायतका अन्तर्राष्ट्रिय समस्याहरुको प्रभावबाट हाम्रो प्यूठान जिल्ला पनि अछुत रहन नसक्ने कुरा सबैलाई बिधितै छ त्यसैले उक्त समस्याको सम्बोधनका लागि सबै स्थानीय सरकारहरुबाट जलबायु अनुकुलन र वातावररण संरक्षण सम्बन्धी कार्यक्रमहरु संचालन गर्नकालागि ध्यानाकर्षण गराउदछौ ।
४. राज्यको पुर्नसंरचना कमोजिम नेपाल रेडक्रस सोसाइटीको संरचनामा पनि परिमार्जन गरिएको ब्यबहोरा अनुरोध गर्दै केन्द्रीय स्तर, प्रदेशस्तर र जिल्लास्तर हुदै स्थानीय तहमा एक स्थानीय तहमा कम्तीमा एक उपशाखा रहने प्राबधान अनुरुप हाल एक स्थानीय तहमा एकभन्दा बढी संख्यामा रहेका उपशाखाहरुलाई पाएक पर्ने गरी समायोजन प्रक्रियामा जानका लागि प्रतिबद्धता गर्दछ,
५. सबै स्थानीय तहमा रेडक्रस स्वयमसेवक सदस्यता बृद्धि र महिला सदस्यता संख्या बृद्धिका लागि रेडक्रस अभियानलाई ब्यबापक बनाउन प्रतिबद्धता जाहेर गर्दछौं ।
६. सबै स्थानीय तहहरुमा विपद् प्रतिकार्य योजना निर्माण कार्यका लागि स्थानीय तहहरुले सहयोगको आबश्यकता र अपेक्षा गरेमा रेडक्रसको तर्फबाट आबश्यक सहजीकरण तथा प्राबिधिक सहयोग गर्ने कुरामा प्रतिबद्धता जाहेर गर्दछौ ।
७. नेपाल रेडक्रस सोसाइटीको ३४ औं बार्षिक साधाराण सभाको आतिथ्यता गर्ने नेपाल रेडक्रस सोसाइटी खलंगा उपशाखा एबं बार्षिक सभामा सहभागि भई कार्यक्रमलाई सफल बनाउन हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु लगायत रेडक्रसकर्मीहरु र सम्पुर्ण स्वयमसेवक महानुभावहरुमा र्हािर्दक आभार ब्यक्त गर्दछौं ।