• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

सडक बनेपछि तराई झरेका गाउँ फर्कंदै


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • अर्घाखाँची। दुई वर्षअघि शीतगङ्गा नगरपालिका वडा नं १० सिद्धारा हर्रेका माधवप्रसाद पौडेलले हर्रेमा रहेको जग्गा बिक्री गर्न खोजे । जग्गा किन्ने मानिस खोजे तर बिक्री भएन ।

    Advertisement

    आजभोली जग्गा किन्ने मानिस दैनिक आउछन् । हर्रे र बर्रे क्षेत्रमा जग्गा किन्न आउने मानिस ह्वात्तै बढेको पौडेलले बताए । रुपन्देही र कपिलवस्तुबाट व्यावसायिक योजनासाथ जग्गा किन्न आउने मानिस बढेका छन् । पौडेलले भने, ‘अहिले जग्गा बेच्न स्थानीयले छाडे, जग्गा बिक्री गरेर तराई झरेका मानिस पनि गाउँ फर्कन शुरु गरेका छन् ।’

    अर्घाखाँची जिल्लाकै अति विकट अर्थात् जिल्लाकै कर्णाली भनेर चिनिने सिद्धारामा सडक कालोपत्र हुन थालेपछि जग्गाको मूल्य मात्र हैन व्यावसायिक काम पनि बढेको छ । स्थानीय अत्यन्तै हर्षित भएका छन् । शीतगङ्गा नगरपालिकाको केन्द्र ठाडामा आउने कच्ची बाटो रहे पनि वर्षात्को समयमा बाटो बन्द हुँदै आएको थियो । त्यही सडककै कारण स्थानीय धमाधम बसाइँसराइ गरेर गएका थिए । दुई वर्ष पहिलासम्म १२-१५ हजार रोपनीमै जग्गा बेचेर हिँडेका अहिले पछुताएका छन् ।

    जसले जग्गा बिक्री गरेर गयो अहिले सडक कालोपत्र हुन थालेपछि तिनै मानिस जग्गा खोज्दै आउने गरेको शीतगङ्गा नगरपालिका– १० का वडाध्यक्ष हिम्मत पोख्रेलले बताए । हिउँदमा चल्ने र वर्षामा नचल्ने सडकका कारण वर्षामा कोही बिरामी परेमा चार घण्टा स्टे«चर तथा डोकामा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लैजान बाध्य थिए । अहिले गोरुसिङ्गे सन्धिखर्क सडकको चाक्लादेखि सिद्धाराको हर्रेसम्मको सडक पक्कि हुन थालेको छ । सडक कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका हुन् ।
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट चाक्ला सिद्धारा, पाकुरी, नयाँबस्ती, धान खोला सडक निर्माण हुन थालेको हो । लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले रु. २४ करोड ७४ लाखको लागतमा अहिले १० किलोमिटर कालोपत्रको काम गरिरहेको लुम्बिनी अर्घाखाँची पुस्पा जेभीका प्रमुख वसन्त भुसालले बताए । बहुवर्षीय काम भएकाले यो योजना महेन्द्र राजमार्गको धानखोला पुगेपछि मात्र सम्पन्न हुनेछ ।
    ‘पाँच घण्टा पैदल हिँडेर ठाडा पुग्थ्यौं, अहिले सडक बन्न शुरु गरेको छ । अब सडक कालोपत्र भएपछि २०-२५ मिनेटमै ठाडा जान सकिने भयो’, हर्रेका ७३ वर्षीय बलबहादुर नेपालीले भने, ‘अब त वर्षामा बिरामी भए पनि गाडीमा लैजान सकिने भयो, चार घण्टा स्टे«चर र डोकामा बोकेर बिरामी ठाडा लैजानुपर्ने बाध्यता टरेको छ’, नेपालीले भने ।
    यो सडकले नेपालकै कृषि उत्पादनमा जोड दिने देखिएको छ । सडक कालोपत्र हुन शुरु गरेसँगै रुपन्देही र कपिलवस्तुबाट आएर यहाँ कृषि तथा पशु फार्म सञ्चालन गर्नेक्रम देखिएको छ । विकट ठाउँ भएकै कारण यहाँका मानिस वर्षेनी बसाइँसराइ गर्दै आएका थिए । सिद्धाराको वडा नं १० बाटमात्रै वर्षेनी २५ देखि ३५ घरसम्म बसाइँसराइ गर्ने गरेका थिए । सडक कालोपत्र हुने भएपछि बसाइँसराइ रोकिने भएको स्थानीय जनता आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम पोख्रेलले बताए ।
    – प्रेमनारायण आचार्य अर्घाखाँची ।

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation