रुपन्देही। काठमाडौं बाहिर हुने क श्रेणीको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता २०७६ फागुन ८ गतेदेखि शुरु हुने भएको छ।यो गोल्डकप २२ औं संस्करण हो ।
Advertisement
रुपन्देही जिल्ला फुटबल संघले बुटवलको एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा गोल्डकपको आयोजना गर्न लागेको हो । बुधबार जिल्ला फुटबल संघ रुपन्देहीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।प्रतियोगितामा मनाङ मर्स्याङदी क्लब, श्रीस्टार, नेपाल पुलिस, नेपाल आर्मी, जावलाखेल, एपीएफ्, रुपन्देही ११ लगायतका टिम सहभागी हुने रुपन्देही जिल्ला फुटबलसंघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेतालाई १० लाख ५१ हजार, उपविजेतालाई ७ लाख ५० हजार नगद उपहारको व्यवस्था गरिएको छ । फागुन १८ सम्म संचालन हुने प्रतियोगितामा भारतका ३ टिम पनि सहभागि हुनेछन् ।