थम्मन थापा,बागलुङ । हिजो आज लोकदोहोरी प्रति आम श्रोता दर्शकको मोह निकै बढेको छ । नेपाली लोकदोहोरी क्षेत्रको बजार अहिले निकै तातेको छ । युट्युव मार्फत प्रत्येक दिन सयौं गीत बजारमा आईरहेका छन । थुप्रै गीतहरु श्रोता दर्शकको मन जित्न सफल पनि भएका छन । यसै सिलसिलामा कानुनविद, राजनितिज्ञ तथा लोक दोहोरी गायक दिपिन साहानीको नयाँ गीत कालो कौवा करायो गीत सार्वजनिक भएको छ । गायक साहानी र लोकप्रिय गायिका लक्ष्मी मल्लको सुमधुर आवाज रहेको उक्त गीतमा लय शब्द दिपिन साहानीको रहेको छ भनें गीतको एरेञ्ज बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलको रहेको छ । गीतको भिडियोमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफ गरेका छन । त्यस्तै भिडियोको सम्पादन विष्णु शर्माको रहेको छ । गीतमा निष्ठुरी मायालुले छोडेका कुरा कता कता हराएको भाव प्रस्तुत भएको छ । सर्जक तथा गायक साहानीले यस भन्दा अगाडी ५ वटा गीती एल्वम बजारमा पस्किसकेका छन ।
पुरुष:
“वल्लो डाली पल्लो डाली चखेवाको जोडी
निष्ठुरी कता गयौ मलाई एक्लै छोडी
कालो कौवा करायो
मेरो मायालु हरायो
सललल बग्छ खोला
मेरो मायालु कहाँ होला”
महिला:
“जुन खोलीमा माछी छैनन त्यहि खोलीमा भ्याउता,
पछि लाग्ने धेरै हुन्छन जुनी काटने एउटा
कालो कौवा करायो
मेरो मायालु हरायो
सललल बग्छ खोला
मेरो मायालु कहाँ होला”
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।
BINA MUSIC UNIVERSITY को विशेष प्रस्तुति
दिपिन साहानीको नयाँ गीत ‘कालो कौवा करायो’ सार्बजनिक
दिपिन साहानीको नयाँ गीत ‘कालो कौवा करायो’ सार्बजनिक

Advertisement
तपाईको प्रतिक्रिया