• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

रूपन्देहीका दुई नगरपालिकामा औद्योगिक ग्राम बनाउने तयारी


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • रूपन्देही । साना तथा घरेलु उद्योग स्थापना गर्ने लक्ष्यअनुरुप संघीय सरकारले ल्याएको ‘एक पालिका ः एक औद्योगिक ग्राम’को नीतिअनुसार रुपन्देही जिल्लाका तिलोत्तमा र सैनामैना नगरपालिकामा औद्योगिक ग्राम बनाउने तयारी गरिएको छ ।

    Advertisement

    न्यून प्रदूषण गर्ने साना उद्योगलाई लक्षित गरी सरकारले हरेक पालिकामा एउटा औद्योगिक ग्रामको अवधारणा ल्याएको हो । अघिल्लो साता संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रूपन्देहीका दुईसहित मुलुकभरका ३२ स्थानीय सरकारका प्रतिनिधिहरूलाई काठमाडौं बोलाएर औद्योगिक ग्राम निर्माण सम्बन्धी समझदारी गरेको थियो । सोही क्रममा तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी र प्रमुख प्रशासकीय अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मन्त्रालयले औद्योगिक ग्राम बनाउने पालिकाहरूलाई प्रतिपालिका रू. ९२ लाख दरले अनुदान दिएको छ ।

    समझदारीपत्र अनुसार पालिकाहरूले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य शुरू गरी ३ महीनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्नेछ । पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू औद्योगिक ग्रामको फोकल पर्सन तोकिएका छन् । वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी स्वीकृत भएपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढ्ने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

    तिलोत्तमा नगरपालिकाले वडा नम्बर १० स्थित रोहिणी नदी किनारमा औद्योगिक ग्राम निर्माण गर्नेगरी काम अघि बढाएको छ । यहाँ कम्तीमा ३५ बिगाहाभन्दा बढी जग्गा व्यवस्थापन गर्न सकिने जनप्रतिनिधिहरू बताउँछन् ।

    तिलोत्तमा नगरपालिकाले गत असोज ९ गते आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा आएका प्रस्तावहरूलाई प्राथमिकता दिनेगरी औद्योगिक ग्राममा उद्योगहरू स्थापना गर्न जग्गा दिने बताएको छ । औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम भइरहेको छ । नगरपालिकाले विश्व बैंकको सहयोगमा मंगलापुर–कान्छीबजार–रोहिणी सडक विस्तार तथा सुधार योजना अघि बढाएको छ । यस्तै, सैनामैनाले वडा नं ७ को लम्टियामा औद्योगिक ग्राम बनाउने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । यहाँ ३० बिगाहा जग्गा रहेको बताइएको छ ।

    औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्यान्ड पुलिङ) विद्युत् प्रसारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । औद्योगिक ग्रामभित्र उद्योगका उत्पादन प्रदर्शनी र विक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्नेछ । चालू आर्थिक वर्षभित्रै पूर्वाधार बनाउन शुरू गर्ने सरकारको तयारी छ ।

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation