ओमप्रकाश गुप्ता, भालुवाङ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य शुक्रबार देखि लागु हुने गरी बढेको छ ।
देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शुक्रबार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो । अव जिउदो कुखुराको मुल्य १८० रुपैयाँ कायम गरेको छ भने फ्रेसमासुको मुल्य २८० रुपैयाँ कायम गरेको छ ।
यस अघि जिउदो कुखुराको मुल्य १७० थियो भने फ्रेसमासुको मुल्य २७० रुपैयाँ कायम गरेको थियो । कुखुराको माग अत्याधिक भएकोले मुल्य बढाउनु परेको समुहका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
Advertisement