पुरन अधिकारी,सुनवल। सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था सुनवल ४ नवलपरासीको १५ औ साधारणसभा तथा ७ औ अधिवेसन सम्पन्न भएको छ । सस्थाका अध्यक्ष संजय कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले अधिकांशमा बचत गर्न बैकं रोज्ने र ऋण चाहिदा सहकारी चाहर्ने प्रबृति हावि रहेकाले बचत पनि सहकारी मै गर्नुपर्ने र आवश्यक परेमा ऋण लिने कार्यपनि सहकारी मार्फत गर्ने बानि बसाल्नुपर्ने बताउनुभयो ।
सो अवसरमा संस्थापक अध्यक्ष तिलकराम ढकाल,पुर्व अध्यक्ष खगेश्वर पराजुलि, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, लोटस इग्लिस स्कुलका प्रिन्सिपल नरेश्वर पौडेल, सेतो गुरास सस्थाका कार्यक्रम संयोजक अर्जुन कुमार तामागं,पत्रकार पुरन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष संजय कुमार श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन रामेश्वर श्रेष्ठ र लेखा समितिको प्रतिवेदन लेखा संयोजक रामु श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा जेष्ठ शेयरसदस्य, यसइइमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरी र सस्थालाई सहयोग पुराउने बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । कुल ८ सय ७८ जना शेयर सदस्य आवद्ध रहेको यस सहकारी सस्थाको कुल शेयर पुजि ४१लाख ३ हजार ९ सय रुपैया रहेको छ । सस्थाले यस बर्ष २ लाख ३ हजार ८ सय ७५ रुपैया शुद्ध मुनाफा आर्जन गर्न सफल भएको लेखा समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सम्पन्न ७ औ अधिवेसनबाट पुनः संजय कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नया कार्य समिति सर्वसम्मतिले चयन गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द ढकाल, सचिव पे्रम प्रसाद पराजुलि, कोषाध्यक्ष शुसिला ढकाल सदस्यहरुमा क्रमशः पिताम्बर चापागाई, भल बहादुर रुचाल, गगां न्यौपाने , मनिकला लम्साल, निलकन्ठ भट्टाई चयन हुनुभएको छ । यसैगरि रामु श्रेष्ठ संयोजक र रामेश्वर श्रेष्ठ र बिजय गैरे सदस्य रहने गरि लेखा समिति गठन गरेको छ ।
सुनवल सहकारीको अध्यक्षमा पुनः संजय कुमार श्रेष्ठ चयन
सुनवल सहकारीको अध्यक्षमा पुनः संजय कुमार श्रेष्ठ चयन

Advertisement
तपाईको प्रतिक्रिया