ओमप्रकाश गुप्ता, भालुवाङ। दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट स्थिति भद्राक्षी देवी मन्दिरको भौतिक संरचना तथा भ्यु-टावर निर्माणार्थ राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढमा सञ्चालित श्रीमदभागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञको तेस्रो दिन २६ लाख भन्दा बढी दान संकलन भएको छ।
शुक्रबार दिन दिउँसो सम्म मात्र सबै भन्दा बढी दान प्रदान गर्ने राप्ती गाउँपालिका वडा ४ मौरीघाट निवासी शारदाप्रसाद घिमिरेका छोरा अनिल कुमार घिमिरेद्वारा नगद ५ लाख १ हजार ५ रुपैया प्रदान गरेका छन् ।
सबै भन्दा बढी दान सहयोग गर्ने घिमिरेलाई महायज्ञ मुल समितिका अध्यक्ष दुर्योदन पाण्डे,उपाध्यक्ष चन्द्रबहादुर जिसी र आयोजक टिम लगायत यज्ञमा उपस्थित भगतालुजनको विशेष उपस्थितिमा पन्चेबाजा सहित यज्ञमण्डल र मन्दिर परिक्रम गराउदै उनलाई फुलमाला,टिका,दोसल्ला ओढाएर भव्य सम्मान गरिएको थियोे । त्यसै गरी नर्तु गिरी र भिमा गिरीका नाती हेमन्त गिरी राप्ती गाउँपालीका वडा नम्बर ४ मझनीगढबाट ४१ हजार, मिनबहादुर मल्ल राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाट बाट ५ हजार ६ सय, बेदु गिरी र श्रीमती देबा गिरी राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट १० हजार ५ सय, कल्पना श्रेष्ठ, अमित श्रेष्ठ राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाट १० हजार ५०, चन्दबहादुर कार्की र भाउजु केशरा देवि कार्की राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट ५ हजार १ सय ५, कबि नारायण खनाल राप्ती गाउँपालीका वडा नम्बर ४ मौरीघाटबाट १० हजार १ सय ५, हुकुमबहादुर बस्नेत राप्ती गाउँपालीका ४ पिपरखुटीबाट ५ हजार ५,रिखीराम वली राप्ती गाउँपालीका ४ मझनीगढबाट १० हजार ५१, शारदाराम भण्डारी डिल्ली बजार काठमाण्डौबाट ५ हजार १ सय, भुपबहादुर वली राप्ती गाउँपालीका ४ मझनीगढ बैतर्नी दानबाट ३ हजार १ सय, राप्ती गाउँपालिकाका शिक्षा अधिकृत विश्वास बिक स्थायी ठेगाना त्रवेणी गाउँपालिका ९ रुकुमबाट २ हजार ५, मधुकर हमाल र बिष्णु हमाल राप्ती गाउँपालीका ४ सिमलखुटीबाट १० हजार ५, पूर्णबहादुर ज्ञवाली राप्ती गाउँपालीका ४ मझनीगढबाट १ हजार ५ सय, शान्तादेबि घिमिरे राप्ती गाउँपालीका ४ मौरीघाटबाट ५ हजार ५ रुपैयाँ सहयोग भएको देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीले जानकारी दिएका छन् । मंसिर ११ गतेबाट १९ गते सम्म आयोजना गरिएको ।महायज्ञमा प्रत्येक दिन विहान ६ बजे देखी ८ बजे सम्म मण्डप पुजा, विहान ८ बजे देखी १० बजे सम्म भागवतपाठ पारायण, भजनकीर्तनका साथै देव लीला झाँकी देखाइने, प्रवचन विहान १० बजे देखी ४ बजे सम्म गरिने, लाखबत्ती जागाराम मंसिर १८ गते र समापन महास्नान मंसिर १९ गते हुने देविकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले जानकारी दिएका छन् । महायज्ञमा नेपालका ख्याती प्राप्त पण्डितद्धय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिनाले कथा बाचन गरिरहेका छन्र । कार्यक्रमको सञ्चालन राप्ती दर्पण टेलिभिजनका कार्यक्रम प्रमुख भानु जोशीले संचालन गरिरहेका छन् ।
महायज्ञमा २६ लाख भन्दा बढी दान संकलन
महायज्ञमा २६ लाख भन्दा बढी दान संकलन

Advertisement
तपाईको प्रतिक्रिया