जीवन न्यौपाने, नवलपरासी । उद्योग बाणिज्य संघ सुनवल नवलपरासीले मंसिर ५ गते देखि संचालन गरेको प्रादेशिक औधोगिक व्यापार मेलामा आउने अवलोकनकर्ताहरुलाई रेडकार्पेट माथि हिडेर पुरंै मेला स्टल परिसर सम्म अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । मेलाको सम्पूर्ण स्टल मार्गमा धूलो प्रदूषण नहोस् भनि व्यवस्थित रुपमा कार्पेट विछ्याइएको छ ।संघका सचिव तथा मेला स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव इश्वरी भण्डारीले स्टल र स्टल मार्गलाइ व्यवस्थित र धुलो धुवाँ रहित प्रदुषण मुक्त बनाइएकाले मेला हेर्न आउने अवलोकनकर्ताले सकारात्मक प्रतिक्रिया दिएकोे बताउदैँ व्यापारीहरुपनि व्यवस्थित स्टलका कारण आयोजकप्रति सन्तुष्टि रहको बताए ।
यता मेला संचालनको आज सातौ दिनसम्म आइपुग्दा साढे तिन करोड रुपैया बराबरको आर्थिक कारोबार भएको छ । भने अहिलेसम्म ४५ हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको संघका वाणिज्य उपाध्यक्ष तथा मेला का आर्थिक संयोजक लेखनाथ खरेलले जानकारी गराए । संघका महासचिव तथा मेलाका प्रवक्ता तेज प्रसाद भण्डारीका अनुसार मेलाको समुद्वघाटनका दिन मंसिर ५ गते मात्रै १० हजार अवलोकनकर्ता मेलामा सहभागी थिए । त्यस्तै दोस्रो दिन ७ हजार तेस्रो दिन ७ हजार , चौथो दिन ६ हजार ५ सय , पाचौ दिन ७ हजार त्यसै छैठौ दिन ८ हजार र आज मेलाको सातौ दिन ५ हजार दर्शकले मेला अवलोकन गरिसकेको र अहिले सम्म ३९ हजार टिकट बिक्री भैसकेको मेला सचिवालयमा तथ्यांक छ ।मेलामा खासगरी बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि, विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरु आकर्षकका रुपमा रहेका छन्
मेलाको सातौ दिन बुधबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार रामजि खाडँ, दिपक गरौजा, उमा खनाल र रितु थापा लगायत स्थानिय कलाकारहरुले मेला अवलोकनकर्ताहरुलाई संगितबाट भरपुर मनोरञ्जन दिलाएका थिए । त्यस्तै मेलाको आठौ दिन बिहीबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार कुलेन्द्र बिश्वकर्मा, बैकुण्ठ महत, शिलु भट्टराई, र दिपक खड्का लगायत स्थानिय कलाकारको प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक तथा संघका सदस्य रमेश पराजुलिले बताए । त्यसतै बिहीबार मेलामा खुल्ला मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बिजेताले १ लाख १० हजार रुपैया र दास्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार पाउनेछन् ।