भरतसन्तोषी,काठमाडौ।प्रकृतिले त अरु प्राणीलाई झै बिना भेदभाव मानिसलाई पनि यस धर्तीमा जन्म दिएको हुन्छ।अथक मेहनत र लगनशीलताले उस्ले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छ र चर्चा कमाउन पनि थाल्द्छ। यस्तै एक बाल प्रतिभा हुन।जोनिश अधिकारी।उनी भर्खरै ११ वर्ष लागे।उन्ले सानै उमेरमा पाएको ख्याति भने प्रौढ सावित भएको छ।नेशनल एकेडेमी बालाजु कक्षा पाँचमा अध्ययनरत जोनिश पढाइ लेखाईमा जति अब्बल छन् कलाकारितामा पनि उस्तै निखारता प्रस्तुत गर्दछ्न।
बिज्ञापन तथा चर्चित टेलि शृङ्खला प्रहरी अनुरोधबाट दर्शकको मन जितेका जोनिश पछिल्लो समयमा दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत आफुलाई कलाकारको रुपमा प्रस्तुत भैसकेका छन।
त्यसो त भाईको नृत्यको प्रसंशा गर्दै जोनिशका दिदी जुलनले भाईले भविष्यमा केही गर्छ कि भन्ने ठुलो आशा परिवारले राखेको बताइन्।
दिदी जुलनलाई मात्रै होइन विद्यालय देखि विभिन्न स्टेज कार्यक्रममा समेत जोनिशको नृत्यको पर्खाइमा दर्शकको व्यग्र प्रतीक्षा रहने गरेको समेत पाईन्छ।नुवाकोट जिल्ला नर्जामण्डव-७ स्थायी घर भएका पिता बसन्त अधिकारी तथा माता भगवती अधिकारीको तेस्रो सन्तानका रूपमा जन्मिएका जोनिश अधिकारीसग हाम्रा सहकर्मी भरतसन्तोषीले गर्नुभएको कुराकानी तलको लिन्कमा हेर्नुहोस:-
कलाकारितामा ख्याति कमाउदै एघार वर्षीय जोनिश।(भिडियो)
कलाकारितामा ख्याति कमाउदै एघार वर्षीय जोनिश।(भिडियो)

Advertisement
तपाईको प्रतिक्रिया