जीवन न्यौपाने, नवलपरासी । उद्योग बाणिज्य संघ सुनवल नवलपरासीले मंसिर ५ गते देखि सुनवलमा आयोजना गरेको प्रादेशिक औधोगिक व्यापार मेलाको आज तेस्रो दिन सम्ममा १ करोड ५० लाख रुपैया“ वरावरको व्यापार भएको मेला सचिवालयले जानकारि गराएको छ ।व्यापारमा विशेष गरी वाल उद्यान, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरुमा समेत दर्शकहरुको आकर्षण वढेको स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव इश्वरी भण्डारीले बताए । पाल्पा जिल्लाबाट ढाका कपडाको व्यापार गर्न आएकि पाल्पाली मदन पोखरा ढाका पसलकि संचालक नारायणी क्षेत्रीले शनिवार करिव ७ हजार रुपैया“ बराबरको व्यापार गरेको बताइन् । उनले हिजो र आजको मेलामा देखिएको चहलपहलबाट अन्य दिनमा पनि व्यापारमा थप वृद्धि हुने आशा रहेको बताइन् । यस्तै मेला शुरु भएको आज तेस्रो दिन शनिवार पनि मेला अवलोकन गर्न आउने दर्शकहरुको उत्साहजनक सहभागिता पाइएको छ ।
शनिवार मात्रै ७ हजार भन्दा वढि टिकट विक्री भएको टिकट व्यवस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए ।उद्योग बाणिज्य संघ सुनवल नवलपरासीका अध्यक्ष रमेश कर्माचार्यले दर्शकहरुको उत्साहजनक सहभागिताले विभिन्न जिल्लाबाट आउन व्यापारीहरु व्यापारबाट सन्तुष्टि र उत्साहित भएको बताए । त्यस्तै प्रचार प्रसार संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले दर्शकहरुको उत्साहजनक उपस्थीतीले आफुहरुलाई थप हौसला भएको र अन्य बा“कि दिनहरुमा पनि दर्शकको बाक्लो उपस्थीती रहने अपेक्षा गरेको बताए ।शनिबार आधुनिक गायिका एन्जिला रेग्मी, गायक राजेन्द्रराज शिवाकोटि र हास्यकलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुति रहेको थियो । हास्य कलाकार राजा राजेन्द्र पोखरेलको हास्य व्यङग्यमा दर्शकहरु निकै हौसिएका देखिन्थ्ये ।त्यस्तै मेलाको चौथो दिन आइतवार आधुनिक गायिका मेलिना राई र वसन्त एण्ड क्रुजको लाइभ वेण्ड प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक रमेश पराजुलिले जानकारी दिए ।
सुनवल मेलाको तेस्रो दिनसम्ममा डेढ करोड बराबरकोे कारोवार
सुनवल मेलाको तेस्रो दिनसम्ममा डेढ करोड बराबरकोे कारोवार
Advertisement
तपाईको प्रतिक्रिया