बिमल डाँगी, रोल्पा (थवाङ)। रोल्पाको थवाङमा सामुहिक भैसिपालन थालिएको छ। थवाङ गाउँपालिका वडा-२ का वडा अध्यक्ष बसन्त रोका मगरको सहितको लगानीमा भैसी पालन थालिएको हो। फर्ममा वडाअध्यक्ष रोका सहित, वडा सदस्य अविलाशा रोका मगर, हिरा प्रसाद बुुढा (पोषण कार्यक्रमका कर्मचारी), प्रेम बहादुर रोका (स्थानिय शिक्षक) र लिल प्रकास पुन गरी ५ जनाको संयुक्त लगानी छ ।उनिहरुले जम्मा जम्मी २७ लाखको लगानीमा ‘थवाङ कृषक भैसी पालन’ दर्ता गरि फर्म संचालन गरेका हुन ।शेयर सदस्यहरुको सामुहिक लगानीमा २५ लाख र मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमको २ लाख अनुदान छ । खोर निर्माणमा २ लाख खर्च भएको उनिहरुले बताए।फर्म संचालक समितिका सदस्य वसन्त रोकाले यो भैसी पालन फर्म जिल्लाकै पहिलो र ठुलो फर्म भएको दावी गरे । ‘ठुलो लगानीमा सहितको भैसीपालन फर्म रोल्पामै छैन’उनले भने,’युवालाई गाउंमै रोजगारी दिन फार्म सुुुरर गरेका हौँ ।’ वडाअद्यक्षको जिम्मेवारी त छँदैछ, आफूले थालेको कामलाई पनि निरन्तरता दिँदै आएको छु,’
थवाङ गाउँपालिकामा प्राय युवाहरु पैसा कमाउन खाडीमुलुक जानु पर्ने बाध्यता रहेको उनले सुनाए । स्थानीय बासिन्दाले भैसीपालन गर्न छाडी सकेको र दुध दहिको माग धेरै बढेको हुँदा त्यसको आपूर्तिका लागि सहज हुने वडा अध्यक्षको भनाई छ । जनप्रतिनिधिले ब्यबसाय गर्नु हुँदैन भन्ने भ्रमलाई चिर्दै स्थानीय कृषकहरुलाई कृषि मुखी बनाउने उदेश्य रहेको समेत रोकाले बताए ।अहिले देखि नै ३ जना स्थानीय युवालाई फर्ममा रोजगार दिएको संचालक समितीका अध्यक्ष अभिलाषा रोका मगरले बताए । दुध उत्पादन गरि थवाङ गाउँपालिकालाई मदिरा मुक्त क्षेत्र बनाउने लक्ष्य रहेको उनले सुनाए ।थवाङ कृषक भैसी पालन फर्ममा अहिले ठुला साना गरी ३५ वटा भैसीहरु रहेका छन ।
संचालक रोकाका अनुसार उक्त फर्मबाट खर्च कटाएर करिव ८०, ९० हजार मासिक आम्दानी हुने गरेको छ । भैसीलाई दिनमा ४ पटक दाना, पानी, घासको अनुपात मिलाएर दिने गरिएको छ । थवाङमा स्थानीयहरुले हाल स्थानीय र गुज्जर जातिको भैसी पालन गरेका छन् । मौसम निकै चिसो हुने भएकोले भैसीलाई चिसोबाट जोगाउन चुनौती छ । चिसोको कारण भैसीले दुध कम दिने, कमजोर हुने र जुम्रा पर्ने जस्ता समस्याहरु देखिन्छन ।